Shittalpati
रोटरी क्लव अफ पाल्पा लुम्बिनिद्वारा विद्यालयलाई फर्निचर 

तानसेन,  रोटरी क्लव अफ पाल्पा लुम्बिनीले दुई विद्यालयलाई फर्निचर सहयोग गरेको छ । उसले आफ्नो वार्षिक कार्यक्रम अनुसार सोमबार तानसेनका दुई विद्यालयलाई फर्निचर सहयोग गरेको हो ।

क्लवले  गणसालमा रहेको बालकन्या भगवती आधारभूत विद्यालयमा १० सेट फाईवरडेस्क तथा वेन्च र तानसेन ७ सुन्दर गाउँको सरस्वती माध्यमिक विद्यालयमा ५० थान कुर्सी हस्तान्तरण  गरिएको क्लवका पव्लिक इमेज चेयर पर्सन हरि अर्यालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि क्लवका संस्थापक अध्यक्ष गोपालवहादुर पोख्रेललेले उक्त सामान सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका हुन् । फर्निचर हस्तान्तरण गर्दै उनले सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर क्लवले गर्ने गरेका हरेक क्रियाकलापहरु महत्वपूूर्ण रहेको बताए ।

बालकन्या भगवती आधारभूत विद्यालय व्यवस्थापक समितिका अध्यक्ष लोचनप्रसाद तिमिल्सेना, सरस्वती माविका अध्यक्ष रामप्रसाल पोख्र्रेलले विद्यालयप्रति क्लवले देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै धन्यवाद दिए । तानसेन –७ का वडा अध्यक्ष एवं क्लवका अध्यक्ष प्रदीप खनालको अध्यक्षता,  क्लवका सचिव मुक्तीराम भूषालको सञ्चालनमा कार्यक्रम भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update