Shittalpati
मिडिया बचाउन स्थानीय विज्ञापन अनिवार्य गर्न जरुरी छ : अध्यक्ष बस्नेत

पाल्पा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले स्थानीय विज्ञापन स्थानीय मिडियालाई नै दिने अनिवार्य व्यवस्था मिलाउन कानुन संशोधन गर्न जरुरी रहेको बताएका छन् । सोमबार प्रेस चौतारी नेपाल पाल्पा शाखाको ९ औं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले स्थानीय मिडियाहरु टिकाउनका लागि स्थानीय सरकारका विज्ञापन स्थानीय मिडियालाई दिने व्यवस्था गर्न कानुन संशोधन आवश्यक रहेको बताएका हुन् ।

अहिले मिडिया कसरी टिकाउने भन्ने विषय चुनौतिको रुपमा रहेको उल्लेख गर्दै उनले अब स्थानीय विज्ञापन स्थानीय मिडियाका लागि नै दिने व्यवस्था गर्न सरकारलाई आग्रह गरे । अध्यक्ष बस्नेतले भने ‘स्थानीय मिडिया बचाउन पाल्पाको विज्ञापन पाल्पाकै सञ्चारमाध्यमका लागि हुनुपर्छ, रुपन्देहीको विज्ञापन रुपन्देहीकै लागि हुनुपर्छ र काठमाडौंको विज्ञापन काठमाडौंकै लागि हुनुपर्छ ।’ उनले मिडिया र पत्रकार टिकाउनका लागि विज्ञापन नीतिमा हस्तक्षेप गर्न जरुरी रहेको उल्लेख गर्दै  त्यसका लागि प्रेस चौतारीले अगुवाई गर्ने अध्यक्ष बस्नेतको भनाई छ । उनले सामाजिक सञ्जाल र पत्रकारिता फरक विषय भएको बताएका छन् । सरकारले ल्याएको सामाजिक विधेयप्रति लक्षित गर्दै अध्यक्ष बस्नेतले उक्त विधेयक पत्रकारितालाई अंकुस लगाउन नभई सामाजिक सञ्जाललाई नियन्त्रण गर्न ल्याएको दावी गरे ।  उनले भने ‘फेसबुक, इन्टाग्राम ट्वईटरमा मनपरी बोल्न र चरित्र हत्या गर्नेलाई नियन्त्रण गर्न खोजिएको हो ।’ अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपालले नेपालको पत्रकारिता र सूचनाको अधिकारका क्षेत्रमा गौरव गर्न लायकको काम गरेको  पनि बताए । उनले प्रेस चौतारी नेपालका अग्रजहरूले पञ्चायती निरड्ढुश व्यवस्थाका विरुद्ध र नयाँ पुस्ताले लोकतन्त्र स्थापनाका लागि सशक्त कलम चलाउने काम मात्र गरेका नभई आन्दोलनको अग्रमोर्चामा उभिएको कारण प्रेस चौतारी नेपाल गौरव पूर्ण संगठन भएको दाबी गरे । ‘गणतन्त्र स्थापनमा हामीले अगुवाइ ग¥यौँ, त्यस कारण प्रेस चौतारी नेपाल गौरवशाली छ, हामीले कानुन निर्माणको लागि अगुवाइ ग¥यौँ, त्यस कारण प्रेस चौतारी नेपाल गौरवशाली छ, आफ्नै पार्टीको सरकार हुँदा आएको मिडिया काउन्सिल विधेयकको विरुद्ध डटेर प्रतिवाद गरेर फिर्ता लिन लगायौँ, हामी अधिकारको लागि आफ्नैसँग पनि झुक्दैनौँ, त्यस कारण प्रेस चौतारी नेपाल गौरवशाली छ’, उनले भने ।

पत्रकारिताले सत्यको आधारमा तथ्य स्थापित गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रमा  नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सघीय सांसद ठाकुर गैरेले भ्रामक तथ्यहिन सुचनाले मुलधारका मिडियाहरु संकटमा रहेको बताए । उनले सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाले मूलधारका मिडियाहरुलाई चुनौति रहेकाले त्यसतर्फ सचेतना हुनुपर्नेमा जोड दिए ।  सांसद गैरेले देश परिवर्तनका लागि सकारात्मक सोच आवश्यक रहेको भन्दै अराजगकता फैकाउने र जनतालाई भ्रममा पार्ने कार्यलाई नियन्त्रण गर्न  सरकारले सामाजिक सञ्जाल सम्बन्धी  विधेयक  ल्याएको बताए । एमाले लुम्बिनी प्रदेशका अध्यक्ष  राधा कृष्ण कण्डेलले समाज र  पत्रकारिता क्षेत्रमा अराजकता बढ्दै गएकाले त्यसलाई  पत्रकारले नै निरुत्साहित गर्नुपर्नेमा जोड दिए । चौतारीका केन्द्रिय परिषद सदस्य मेघराज  शर्माले पत्रकारिता भित्रको विकृती पत्रकार आफैले  हटाउनु पर्ने  बताए  । एमालेका जिल्ला अध्यक्ष ओमबहादुर घर्तीले अहिले आर्थिक क्रान्तिको आवश्यकता रहेकाले त्यसतर्फ कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले समाजमा देखिएका विकृति विसंगतीहरुलाई सशक्त ढंगले उठान गर्न आवश्यक रहेको बताए । पत्रकार महासंघका जिल्ला अध्यक्ष  कमलराज तिमिल्सिनाले स्थानीय मिडिया र पत्रकार संकटमा परेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेक गलत भएको बताए । उनले भने ‘सामाजिक सञ्जालमा देखिएका विकृति नियन्त्रण गर्न विधेयक आवश्यक छ तर जुन ढंगले आएको छ त्यो छलफल गरेर जानु पर्छ भन्ने प्रेस युनियनको माग हो ।’ चौतारीले अधिवेशनको अवसरमा संस्थाको विकासमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । चौतारीका जिल्लाका अध्यक्ष  कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष  बन्दना पोखरेलको स्वागत, सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update