Shittalpati
तानसेनमा छायो वसन्त  : सरस्वती पूजामा रमाए विदेशी पर्यटक

पाल्पा, वसन्त पञ्चमीको रौनक छाएको थियो । सरस्वती पूजामा मस्त अभिभावक र विद्यार्थीबिच विद्यालयको सरस्वती पूजामा विदेशी पाहुना आई पुग्दा माहौल वसन्तमयी बन्न पुग्यो ।  विद्यालय परिसरमा अभिभावक र नानी बाबुहरु लामबद्ध पूजा सकेर सरस्वतीको जय जयकार गर्दै थिए । टुप्लुक्क आई पुगे, तीन विदेशीका साथ एक स्वदेशी । दृश्यहरु कुनै कथाकारका कथाबाट उदृत गरिएका होईनन् । यो पाल्पा प्यारागन इंग्लीस बोर्डिङ स्कुल तानसेनमा सोमबार विहान वसन्तपञ्चमीको अवसरमा आयोजित सरस्वती पूजा गर्दै गर्दा देखिएका दृश्य हुन । एका एक विद्यालय प्राङ्गण रमाई रहेको भान हुन्थ्यो । तस्वीर खिच्ने र टीका लगाउने आर्शिवाद लिने दिनेहरुको मुहारमा वसन्तका बाछिटाले छ्याप्दै गर्दा  विदेशीहरुले फोटो खिची रहे । ओ, नमस्ते ! भन्दै गरेका मधुरस्वर वाणीहरु सरस्वती माताको अनुकम्पा जस्तो लाग्थ्यो ।

फ्रान्सेली जेरोमे, इटालीका जाईकोमो र जुलीयाले घण्टौ समय खर्चेर स–साना नानी बाबुहरुसँग रमाए, अनि स्कूलका हरेक कक्षा कोठाको अवलोकन गरेर शिक्षाको गुणस्तर बारे छलफल समेत गरे । यी सबै दृश्यहरु नियाली रहेका तानसेनका पर्यटन व्यवसायी धनिश्वर बस्यालले यो बर्षको वसन्त पञ्चमी साक्षत सरस्वती पूजाको अनुमकम्पा जस्तै आभाष भएको बताए ।  उनले विदेशी पर्यटकहरुप्रति लक्षित गर्दै भने‘ उनीहरु शिक्षा क्षेत्रका अनुभवी र हाम्रो संस्कृति र परम्परालाई माया गर्ने भएका कारण यो सहभागिताको संजोग जुरेको हो ।’
 

‘वसन्त पञ्चमीमा प्रायः सबै शिक्षण संस्थामा पूजा र आराधना हुने गर्छ, हामी पनि बर्षेनी पुजा गर्छौ, तर यो बर्ष अलिक फरक भयो, किन कि तीनै जना विदेशी पाहुनाहरु शिक्षा र बाल मनोविज्ञानका विषयमा जानकार भएका कारण खुसी भयौ’ स्कुलका प्रिन्सिपल गंगाबहादुर खत्रीले  भने ।  हामी र हाम्रा नानी बावुहरुको लागि यस्तै साइत जुराएर, तानसेन घुम्न आउँने पर्यटकहरुको सहभागिता रहँदै जाने हो भने मात्र तानसेन शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बन्न सक्छ । धेरै अभिभावकको मनबाटै यही कुरा आई रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update