![प्रेस चौतारी पाल्पाको अधिवेशन, अध्यक्षमा पुनः कार्की](https://www.shittalpati.com/uploads/posts/kkkk-1738663641.jpg)
पाल्पा, नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल पाल्पा शाखाको जिल्ला अधिवेशन भएको छ । चौतारीको तानसेनमा नवौं जिल्ला अधिवेशन भएको हो ।
अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा कृष्ण कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । तीन वर्षमा सगठनलाई बलियो र चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण कार्कीले पुनः अध्यक्षको जिम्मेवारी प्राप्त गरेका हुन् । उनको अध्यक्षतामा १३ नयाँ कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षहरुमा शोभाकान्त पाठक, रिमा सोमै, सचिवमा दयाराज न्यौपाने सह–सचिवमा भुवन रायमाझी, कोषाध्यक्षमा नेत्र गैरे चयन भएका छन् । यस्तै सदस्यहरुमा खेमराज पाण्डे, जनकराज भट्टराई, सुवास विसी, गुणवती केसी, प्रेम वाकाबल, खुमबहादुर पौडेल, सुमित्रा कंडेल रहेका छन् । अधिवेशनले प्रदेश र केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा गीता ज्ञवाली, नवराज ज्ञवाली र केन्द्रीय प्रतिनिधिमा बन्दना पोखरेल, सन्तोष बस्याल, टिकाराम बस्याल रहेका छन् ।