Shittalpati
पोखराथोकमा एक पुरुष मृत फेला

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका –२ पोखराथोकमा एक पुरुष मृत फेला परेका छन् । रामपुर नगरपालिका– ३ चनौली घर भई हाल बगनासकाली गाउँपालिकाको पोखराथोकमा बस्दै आएका ५६ वर्षीय रेम बहादुर सुर्यबंशी घर नजिकैको खरबारीमा मृत अवस्थामा फेला परेका हुन् ।

उनको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update