Shittalpati
माथागढीमा टिपर दुर्घटना : चालकको मृत्यु

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका–५  सुर्कावासमा टिपर दुर्घटना भएको छ । माथागढी– ६ रहवासदेखि ढुङ्खा लिएर खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिपर  बुधबार  दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्युु हुनेमा देवदह नगरपालिका – २ का ३१ बर्षीय सुनिल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । टिपर के कति कारणले दुर्घटना भएको हो भन्ने  विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

टिपर बुधबार दिउँसो १ बजे रहवासदेखि ढुङ्गा  लिएर खैरेनीतर्फ हिडेको र बिचमै दुर्घटना हुन  पुगेको माथागढी गाउँपालिका– ५ का वडा अध्यक्ष गणेश मान गाहाले जानकारी दिए । टिपर सडकदेखि २ सय ५० मिटर तल खोलामा खसेको छ । घटनाको  विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update