Shittalpati
त्रिविले  खुलायो स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा

पाल्पा, त्रिभुवन विश्वविद्यालय स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् ।  समयसिमा कटेका ३/४ वर्षे स्नातक तहका सम्पूर्ण परीक्षार्थी र २०५६ सालमा भर्ना भई प्रथम पटक प्रथम वर्षको स्नातकोत्तर  तहको  परीक्षामा सम्मिलित परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् ।

लामो समयदेखि अनुत्तीर्ण तथा विभिन्न कारणवश स्नातक तह र स्नातकोत्तर तहको पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालयले मौका परीक्षा सञ्चालन  गर्न लागेको हो । उक्त परीक्षाको लागि त्रिविले विहीबारदेखि परीक्षाको फारम खुलाएको छ । त्रिविले एक सूचना सार्वजनिक गर्दै भनेको छ, ‘वार्षिक परीक्षा प्रणालीअनुसार ०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत चारवर्षे र तीनवर्षे स्नातक तह प्रथम, द्वितीय, तृतीय र चौथो र स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा मिति ०८१ साल माघ २४ गतेदेखि ०८१ साल फागुन २३ गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फाराम भरी बुझाउनुहुन अनुरोध छ ।’ 

परीक्षा आवेदन फाराम स्वयं विद्यार्थी आफैले भरी सबै प्रक्रिया पुु¥याई आफैले सम्बन्धित कार्यालयमा बुझाउनुुपर्ने छ ।  परीक्षा फाराम भर्दा परीक्षार्थीले प्रथम वर्षमा प्रथम पटक कायम भएको परीक्षाको रोल नम्वर. र त्रिवि रजिस्टेसन नम्वर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने सूचनामा उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update