पाल्पा, पश्चिम क्षेत्रकै एक मात्र कन्या मन्दिरको रुपमा रहेको तानसेनस्थित मोहन कन्या माविले आगामी भदौ १६ गते ७५ औै वार्षिकोत्सव हिरक महोत्सवको रुपमा मनाउने भएको हो ।
२००७ सालमा तात्कालिन गभर्नर मोहन शम्सेरले आफ्नो नामबाट स्थापना गरेको मोहन कन्या माविले विभिन्न कार्यक्रमको आयोजना गरि हिरक महोत्सव मनाउने तयारी गरेको विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीले बताए । महोत्सवका लागि १००१ मूल आयोजक समिति गठन गरी राष्ट्रिय, प्रदेश, जिल्ला र नगरस्तरीय कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए ।
विद्यालयले पूर्व प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन सामिति, जनप्रतिनिधी लगाएत शिक्षासँग सम्बन्धित सरोकार निकायको भेला गराई हिरक महोत्सवको तयारी बारे सुझाव समेत लिएको छ । भेलामा संविधान सभा सदस्य नारायणी शर्मा, तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख अशोक कुमार शाही, पूर्व प्रधानाध्यापक देव प्रसाद बज्राचार्य, केशरलक्ष्मी श्रेष्ठ, द्धारीका प्रसाद शर्मा, पूर्व व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर घर्ती, दिपक ढुंगना, जनप्रतिनिधि सिता बस्नेत, शिक्षाप्रेमी रामलाल श्रेष्ठ, सौन्दर्यवती शाक्य, सकुुन्तला बज्राचार्य, बसन्त जिआर, पत्रकार भरत शर्मा लगायतले गौरवमय इतिहास बोकेको विद्यालयले भव्य रुपमा हिरक महोत्सव मनाई राष्ट्रिय पहिचान कायम गर्न सुझाव दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान प्रसाद श्रेष्ठले सबैका सुुझावहरुलाई आत्मसाथ गर्दै हिरक महोत्सव मनाइने भन्दै सहयोग गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा शिक्षकहरु रिना श्रेष्ठ र चोलप्रसाद अर्यालले विद्यालयमा सञ्चालन हुने गरेका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।