Shittalpati
ट्रकसँग ठोक्किएर मोटरसाइकलमा सवार बालकको मृत्यु

पाल्पा, स्याङ्जाको वालिङ नगरपालिका–८ डुम्रीकोटस्थित सिदार्थ राजमार्गमा ट्रकसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक बालकको मृत्यु भएको छ । आइतबार राति साढे ८ बजेतिर वालिङ मोडबाट भकुण्डेतर्फ आउँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकको बीचमा पस्न जाँदा मोटरसाइकलमा सवार एक बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडी बसेका विरुवा गाउँपालिका–७ घर भई हाल वालिङ–९ क्याम्पसरोड बस्दै आएका सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । घाइते सुशीलको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा राति मृत्यु भएको उनले बताए । प्रहरीले ट्रक चालक पर्वतको कुश्मा नगरपालिका–१२ का ३९ वर्षीय दिवाकार लामिछाने र मोटरसाइकल चालक वालिङ–८ का १७ वर्षीय हेमन्त रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update