सुन तोलामा १४ सयले बढ्यो
![सुन तोलामा १४ सयले बढ्यो](https://www.shittalpati.com/uploads/posts/gold-sun--(1)-1721213853.jpg)
पाल्पा, स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक हजार ४ सयले बढेको छ । अघिल्लो दिनको तुुलनामा उक्त मृल्य वृद्धि भएको हो ।
मूल्य बढेसँगै सुन प्रतितोला एक लाख ६९ हजार छ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सयमा कारोबार भएको थियो ।
त्यस्तै सोही अवधिमा चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार नौ सय ७५ तोकिएको छ । आइतबार सोही परिमाण चाँदी एक हजार नौ सय ६० मा कारोबार भएको थियो । नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइ रहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्