Shittalpati
पाल्पाको रिब्दीकोटमा पहिलो दिन ३ सय बढी किशोरीले लगाए ‘एचपिभी’ खोप

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकामा पहिलो दिन ३ सय भन्दा बढी किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एच.भि.पि ) खोप  लगाएका छन् । सोमबारदेखि पालिकामा सञ्चालन भएको  खोप अभियानमा ३ सय ३ जना किशोरीहरुले उक्त खोप लगाएका हुन् । 

खोप अभियानको पालिका अध्यक्ष नारायणबहादुर कार्कीले स्वास्थ्यकर्मीहरुलाई भ्याक्सिन केरियर दिएर अभियानको शुभारम्भ गरेका थिए । अभियानको  शुभारम्भ गर्दै अध्यक्ष कार्कीले पाठेघरको मुखको खोप अभियान सफल बनाउन सबैलाई आग्रह गरे । महिलाहरूमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भविष्यका कर्णधारको रूपमा रहेका बालिकाहरूलाई पूर्णरूपमा बचाउनको लागि सबैको महत्वपूर्ण भूमिका रहने भएकाले  अभियानमा किशोरीहरुलाई सहभागी गराउन उनले सबैलाई आग्रह गरेका छन् ।  

खोपको पहिलो दिन नै किशोरीहरुको उत्साहजन सहभागीता रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिप्रसाद खनालले बताए ।  खोप प्रभावकारी भएकाले पनि किशोरीहरु उत्साजनक रुपमा अभियानमा जोडिएको उनले जानकारी दिए । सोमबार पालिकाका ८ वडाबाट खोप दिइएको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिए । उनका अनुसार वडा नं . १ ख्याहामा १२ जना, वडा नं. २ देउरालीमा ४४ जना, वडा नं. ३ खस्यौलीमा ३० जना,  वडा नं. ४  भैरवस्थानमा  ५३ जना, वडा न. ५  कुसुमखोलामा ३१ जना, वडा नं. ६  ठिमुरेमा ५३ जना वडा नं. ७ पालुङमा २८ जना र वडा नं. ८ फेकमा ५३ जना गरी ३ सय ३ जना किशोरीले एचपीभी खोप  लगाएका छन् । खोप लगाएका किशोरीमा कुनै पनि समस्या  नआएको  प्रमुख अधिकारीले बताए । पालिकामा खोप अभियान फागुन १ गतेसम्म सञ्चालन हुने छ । अभियानमा ६ सय ६१  जना किशोरीलाई  खोप दिइने स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिए ।  यो अभियान माघ २२ गतेदेखि देशैभर सञ्चालन भइरहेको छ ।  


प्रकाशित मिति: सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update