Shittalpati
आज सुरक्षित इन्टरनेट दिवस नेपालमा पनि मनाइँदै

पाल्पा, सुरक्षित इन्टरनेट दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यसाथ यो दिवस मनाउन लागिएको हो ।

नेपालसहित विश्वका १ सय ७० भन्दा बढी मुलुकमा  यो दिवस मनाइँदैछ । नेपालमा भने सन् २०१९ देखि मात्र चाइल्डसेफनेटको पहलमा यस दिवस मनाउन थालिएको हो । चाइल्डसेफनेट डिजिटल प्रविधिलाई सुरक्षित बनाउनका लागि कार्यरत गैरसरकारी संस्था हो । सन् २००४ देखि हरेक वर्ष फेब्रुअरीमा विश्वव्यापी रुपमा सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको थियो । बालबालिका तथा युवावर्गका लागि सुरक्षित इन्टरनेटको लागि कार्यरत विशिष्टिकृत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ । दिवसले सरकार, नीति निर्माता, निजी क्षेत्र, सूचना प्रविधि क्षेत्र, अन्य जिम्मेवार निकाय तथा संस्थालाई उत्तरदायी बनाउन र आ–आफ्ना जिम्मेवारी निर्वाह गराउन पैरवी गर्दै आईरहेको छ ।  साथै, यसले सुरक्षित इन्टरनेटको लागि बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, विद्यालय, सघसंस्था तथा अन्य सरोकारवालालाई एकजुट हुन आÞवान गरेको छ ।

सूचना प्रविधिको विकासले फड्को मारेसँगै यसले बालबालिका र युवालाई अनलाइनमा असुरक्षित बनाएको पनि छ । चाइल्डसेफनेट र युनिसेफको एक अध्ययन अनुसार नेपालमा पाँच जनामा एक जना बालिका र दश मध्ये एक जना बालक अनलाइन यौन दुव्र्यवहारमा पर्ने जनाएको छ ।  डिजिटल युगमा इन्टरनेटले हाम्रो जीवन सजिलो बनाएको छ । तर, यसको सुरक्षित प्रयोग गर्न पनि अति आवश्यक छ । बालबालिका र युवाले प्रविधिको प्रयोग धेरै गर्ने तर धेरै बालबालिकालाई अनलाइन सुरक्षाबारे ज्ञान नभएकोले इन्टरनेटको उनीहरु अनलाइन दुव्र्यवहार र शोषण, साइबर बुलि·, साइबर ग्रुमि·, फिसि· र सेक्सटोर्सन जस्ता गम्भीर जोखिममा पर्न सक्दछन् ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update