Shittalpati
लुम्बिनी र गण्डकीका मुख्यमन्त्री आज  रानीमहलमा

रानीघाट, (तानसेन), लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित विशिष्ट व्यक्तित्वहरुको जमघट आज ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल रानीमहलमा हुँदैछ । अन्तरप्रदेश समन्वय बैठकका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेय लगायत प्रदेशका मन्त्री, मुख्य सचिव, सचिवहरुको त्यहाँ जमघट हुन लागेको हो ।
आज धर्मिक आस्था र विश्सास मान्नेहरुका लागि माघ मसान्त शुभ दिन पनि । पुरै महिना चलेको स्वास्थानी व्रतकथाको विधिवत समापन, उत्तरवाहिनी,शालग्राम क्षेत्र,कालीगण्डकीको तट, प्रयागमा भई रहेको महाकुम्भको शुभलगनका बेला स्नान, ध्यान गरे पछि हुने कर्मले सार्थकता पाउँछन् भन्ने वैदिक मान्यता पनि छ । यही मान्यताका कारण आज हुन लागेको विशिष्ट व्यक्तिहरुको उपस्थितिले यहाँको समृद्धि र विकासका साझा सरोकारका विषयमा सम्बोधन हुने अपेक्षा गर्न सकिन्छ । 
 

तत्कालीन पाल्पाका प्रशासक खड्ग शम्शेरले आफ्नी कान्छी रानी तेजकुमारीको स्मृतिमा निर्माण गरेको प्रेमको प्रतिक रानीमहलमा दुई प्रदेशका मुख्यमन्त्रीह बैठकले दुवै प्रदेशका भावी योजना अनि रणनीतिका विषयमा महत्वपुर्ण निर्णय गर्ने जनाइएको छ । विशिष्ट व्यक्तिहरुको भेटघाट र छलफलले नयाँ आयाम थप्ने, तानसेन र कालीगण्डकी क्षेत्रका स्थानीय वासिन्दाको विश्वास छ  । आज हुन लागेको कार्यक्रमले भविश्यका लागि विकासका नयाँ आयाम थप्ने कुरामा आफु विश्वस्त रहेको तानसेन –१३ का वडाअध्यक्ष टुकप्रसाद भट्टराईले  बताए । 
 

रानीमहल क्षेत्र अतिक्रमणले गर्दा सांगुरिदै गएको छ । दरबार भित्र र बाहिर भएका पौराणिक वस्तुको संरक्षण, नदीले गरेका कटानका समस्याहरुको समाधान, महल परिसरका बगैंचा, शिवलालय, पानीपोखरी, शिवलिङको सही व्यवस्थापनका लागि आवश्यक बजेट र गुरुयोजना लगायतका विषयमा महत्वपूर्ण निर्णय र कार्यान्वयनमा बैंठक फलदायी बन्ने विश्वास लिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए  । बैठक पछि बुधवार अपरान्ह् पत्रकार सम्मेलन मार्फत जाजकारी गराइने छ । गण्डकी र लुम्बिनी जोड्ने पक्कीपुल निर्माण भएको एक दशक वितिसक्दा पनि सडक सुधार भएको छैन् । दुवैतर्फ थप विस्तार गर्न नसकिएका दर्जनौ अधुरा योजनाहरु पनि समयमै पुरा हुने आशालाई  यो बैंठकले सफल बनाउने छ ।  

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update