Shittalpati
आगोमा जलेर एक वृद्धको मृत्यु

गुल्मी, जिल्लामा आगोमा जलेर एक वृद्धको मृत्युु भएको छ । धुर्कोट गाउँपालिका–७ वाग्लामा आगो ताप्ने क्रममा जलेर ८० वर्षीय इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मंगलबार राति ११ बजेतिर आगो तापेर बसिरहेको बेला एक्कासी जलेर उनको  मृत्यु भएको हो । आगोले जली दाजुको मृत्यु भएको खबर भाई टेकराज गिरीले प्रहरीलाई खबर गराएका थिए । घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी सहायक निरीक्षक तिलक नेपालीको कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो ।

मृतक गिरीको घर परिवारमा उनी र भाइ मात्र रहेको प्रहरीले जनाएको छ ।  घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रामकुमार थापाको कमान्डमा प्रहरी खटिएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update