गजल
पुष्कर अथक रेग्मी
सबै थोक जान्ने पढेको म मान्छे
यसै जिन्दगीमा बढेको म मान्छे
ऊ इश्यालु भन्छ हेर्दै मलाई
पलाएर टुप्पो चढेको म मान्छे
यहाँ मित्रता भन्नु त्यो रै छ घाती
सहारा नपाई लडेको म मान्छे
कुनै बात यस्तो पुरा गर्छु भन्दै
झिनो आशमा नै अडेको म मान्छे
बिरामी छु भित्रै मलामी यही छन्
नमर्दै चितामा डढेको म मान्छे
सबै थोक जान्ने पढेको म मान्छे
यसै जिन्दगीमा बढेको म मान्छे
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्