Shittalpati
तानसेनमा इभी गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते

पाल्पा, जिल्लाको तानसेन नगरपालिकाको जोगीपानीस्थित पाल्पा– गुल्मी सडक खण्डमा  इभी गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । हार्थोकदेखी तानसेनतर्फ आउँदै गरेको लु. प्रदेश ०१००१ ज ००७१ नम्बरको इभी गाडी र विपरित दिशाबाट जाँदै गरेको लु १७ प ८८६४ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाईकल चालक गुल्मी छत्रकोट गाउँपालिका –१ हुँगाका ३८ वर्षीय प्रकाश पाण्डे  र मोटरसाईकल पछाडी सवार मोटरसाईकल चालककी श्रीमती ३१ वर्षीय कमला पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते मध्ये चालकको अवस्था मध्यम र कमलाको अवस्था सामान्य रहेको प्रहरीले  जनाएको छ ।  घाइते दुवै जनालाई मिसन अस्पताल पाल्पा पुर्‍याई उपचार भईरहेकोमा थप उपचारको लागि हेलिकप्टरद्वारा ट्रमा सेन्टर अस्पताल काठमाडौं रिफर गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update