Shittalpati
स्वर्गकी परी (गजल)

मन बहादुर खत्री
इस्मा २, गुल्मी

स्वर्गकी परी, धर्तीमा झरी, समाई उसैले

बसमा पारी, दिलमा अड्डा, जमाई उसैले

 

  रेसुङ्गा कैले, अर्जुन, थाप्ले, पुग्दथ्यौ मदाने

  प्रेमको यात्रा, त्यो माने ताल, रमाई उसैले

 

मुसुक्क हाँसी, छातीमा राखी, मायाले बोलाई

नाचेर सँगै, जितेर मन, कमाई उसैले

 

  टिमुरे लेक, शालिमे दह, रुरु त्यो क्षेत्रमा

  भ्रमण गरी, जीवन्त शान्ती, ठमाई उसैले

 

देउराउली कङ्के, ईश्वर सत्य, साक्षीमा राखेर

अस्तित्व आफ्नो, हातमा मेरो, थमाई उसैले

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update