
पाल्पा, जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोट गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको पहलमा स्थानीयले रानीबास सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् ।
यहाँ रैथाने बालीको नियमित उत्पादन, परम्परागत कलासंस्कृतिको जीवन्तता, प्राकृतिक सौन्दर्यता र एकै किसिमको मगर बस्ती भएका कारण नै गाउँपालिकाले होमस्टे सञ्चालनमा सक्रियता देखाएको पालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताए । समुद्र सतहदेखी करिब १२०० मिटर उचाईमा रहेको फोक्सिङ्गकोट गाउँमा पुग्ने पर्यटकहरुले रानीबास गाउँको बिचमा रहेको चुर्की थान, माछापुच्छे्र, अन्नपूर्ण, धवलागिरी हिमालसँंगै अन्य हिमश्रृंखला, स्याङ्गजाको गल्याङ्ग बजार, रिमीघा लेक र टिमुरडाँडा, आर्यभञ्ज्याङ्ग, तानसेनको श्रीनगर, सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर, कालीगण्डकी नदी, राम्दीपुल लगायतका चर्चित स्थानहरु अवलोकन गर्न पाउने छन् । होमस्टेमा बास बस्ने पर्यटकहरुले स्थानीय झामे्र नाच, मारुनी नाच, सालै जो, कौडा, ठूूलो नाच, पञ्चेबाजा कलासँस्कृतिको समेत आनन्द लिन पाउने छन् । होमस्टे पुग्ने पर्यटकहरुको लागि अवलोकन गर्न जनजाति संग्रहालय समेत निर्माण गरिएको छ । संग्रहालयमा जनजातिहरुका परम्परागत सिप, कला, कौशलका सरसमान, व्यस्थित रुपमा सजाएर राखिएका छन् । साथै संग्रहालयमा मगर समुदायको भेषभुषा, ऐतिहासिक माटो र काठले बनेका भाडाहरु, हतियार, दैनिक जीवनमा प्रयोग हुने प्राचिन सामानहरु संग्रहालयमा राखिएका छन् । परम्परागत सिपकलाको र आधुनिक सिपकलाको मिश्रणबाट संग्रहालय भवनलाई कुडुले घरमो रुपमा निर्माण गरिएको छ ।
भवन तथा संग्रहालय निर्माणको लागि केन्द्र सरकार पर्यटन मन्त्रालय र स्थानीय सरकारको १ करोड १५ लाख खर्च भएको छ । अहिले फोक्सिङ्कोटमा ९३ घरपरिवार मगर रहेका छन् जसमा १६ घरमा होमस्टे सञ्चालन गरिएको छ भने अन्य घरहरुमा पनि विस्तार गर्ने योजना रहेको रानीबास होमस्टे सञ्चालक समितिले जनाएको छ ।
होमस्टेमा आउने पाहुनाहरुलाई पञ्चेबाजा सहित फुलमाले स्वागत गर्ने, चिया खाजा खुवाउने, साँझको स्थानीय खाना, मासु खुवाउन र मनोरञ्जन गराउने, सफा सुन्दर कोठामा सुताउने, विहान चिया खाजा सहित प्राकृतिक दृश्वालोकन गराउने कार्यक्रम रहेका छन् । त्यहाँ पुग्ने अतिथि सेवाका लागि प्रति व्यक्ति एक हजार रुपैया मात्र सेवा शुल्क लिने नियम बनाइएको होमस्टे सञ्चालक समितिकी अध्यक्ष देउ कुमारी सारुले बताईन् । होमस्टे र संग्रहालयको पाल्पा क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य नारायणप्रसाद आचार्य र लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले शुक्रबार संयुक्त रुपमा एक औपचारिक कार्यक्रमका बिच शुभारम्भ गरेका हुन् । होमस्टेको शुभारम्भ गर्दै प्रमुख अतिथि आचार्यले ग्रामीण पर्यटन विकासको लागि होमस्टे कार्यक्रम प्रभावकारी हुने बताए । होमस्टेको कारण फोक्सि·कोटको विकासमा महत्वपूूर्ण योगदान पुग्ने समेत उनले विश्वास व्यक्त गरे । उनले भने,‘अब फोक्सि·कोटमा आउने मोटरबाटो स्तरउन्नती हुनेछ, पर्यटकीय पुर्वाधारहरु निर्माण हुनेछन् ।’ संघ, प्रदेश र स्थानीय सरकार मिलेर फोक्सि·कोटको विकासमा अगाडि बढ्ने समेत सांसद आचार्यले बताए ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री सारुले होमस्टे सञ्चालन हुनु राम्रो पक्ष भएकाले पाहुनाहरुलाई सन्तुष्टि गराउन सके यहाँका जनताहरु घरमै बसी बसी आम्दानी गर्न सक्ने बताए । ‘हामी सबैको चाहाना गाउँलाई सुखी सम्बृद्धि बनाउने भएकोले स्थानीय उत्पादन, स्थानीय कलासंस्कृती र प्राकृतिक अवलोकनको अभियानबाट नै गाउँमा प्रशस्त आम्दानी गर्न सकिन्छ’ उनले भने । होमस्टे कार्यक्रमको लागि आवश्यक पर्ने पुर्वाधार, तालिम, तथा प्रचार–प्रसारमा प्रदेश सरकारको सहयोग रहने मन्त्री सारुले बताए ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, गाउँपालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, होमस्टे महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष धनीश्वर बस्याल, जिल्ला समन्वय समितिका सदस्य भोवीसरा सारु, वडा नंं १ का वडा अध्यक्ष इश्वरी काफ्ले, रम्भा गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख इन्जिनियर दिपककुमार सारु, समाजसेवी हुमबहादुर सुनारी, हेमराज अर्याल, धनबहादुर पौड्ेल, विष्णु पछाईं लगायतले सबै पक्षको सहयोगमा होमस्टेलाई सफल बनाउनुपर्नेमा जोड दिए । कार्यक्रम रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षता, गीता नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।