Shittalpati
कुम्भ स्नानबाट फर्किंदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु

बुटवल, रूपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर अनियन्त्रित भै दुर्घटना भएको थियो । दुर्घटनामा परी चालकसहित पाँच जना घाइते भएका छन । घाइते हुनेहरुमा देवदह ९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update