
राजनैतिक चरित्रमा देखा परेका अध्यारा वादलहरुका कारण मुलुकले प्राप्त लोकतन्त्रलाई जोगाउँन हम्मे–हम्मे भएको छ अहिले । नेपालको राजनैतिक पुष्ठभूमिमा देखा परेका अनेकन समस्याहरुका कारण पनि अहिले देशले प्राप्त लोकतन्त्र र जनताका आधारभूत मूल्य र मान्यतामा आधारित कार्यलाई बढावा दिन सकेको पाईदैन् । समस्यै समस्याको जटिल अवस्थाबाट अगाडि बढेको मूलकले पछिल्लो समयमा नेपालका नयाँ र पूराना दलहरुमा देखिएको अस्थिर राजनैतिक चरित्रका कारण गम्भीर आर्थिक संकट बेहोर्नु पर्ने कहाली लाग्दो अवस्था पनि विद्धमान रहेको छ ।
राजनेताले देश बनाउँन सक्छ, भन्ने कुराको ज्वलन्त उदाहरण अहिले अमेरिकी राष्ट्रपति ट्रम्पले गरेका निर्णयहरु आफैमा काफी छन् । निर्णय गर्ने अनि कार्यान्वयन नगर्ने बानीका कारण पनि हामी सबै समस्यामा परेका हौं । ती सबै समस्याहरुको पहिचान गरेर मात्र अगाडि बढ्ने हो भने, देश अहिल्यै पनि समस्यामा पर्दैन् र जनता सधै सुखी रही रहन्छन् । संघीयताबाट प्राप्त उपहार स्थानीय सरकारहरुका काम कार्यवाही आफैमा धेरै स्थानमा जनमूखि छन्, तर स्थानीय सरकारका जनप्रतिनिधी र कर्मचारीहरुका काम गर्ने शैली पुरानै भएका कारण पनि समस्याहरु बढ्दै गएका छन् । यी र यस्ता समस्या समाधानका लागि पुराना शैलीलाई फेरेर नयाँ शैलीको विकास गर्नुपर्ने हुन्छ । यस्तै धेरै समस्याहरुको समाधानका लागि प्रविधीसँगै शैली र कार्यदक्षताका आधारहरु तय गरेर अगाडि बढ्नुपर्छ । देश, २१ औं सताव्दीको युगलाई सुहाउँदो सेवा अनि सुविधाको शैलीलाई कार्यन्वयन गर्ने सोंच बन्ने हो,भने भौतिक र चेतनाको विकासमा कुनै पनि कमी आउँदैन । अन्यथा सधै आशे खेति बाहेक केही पनि हुन सक्दैन् । त्यसका लागि संस्कृतिको पहिचान र सभ्यताको आधारलाई मूलधारमा राखेर प्रविधि र सेवालाई जनमूखि बनाउँनुको विकल्प छैन् ।