Shittalpati
पत्रकारहरुसँग अन्तरसंवाद  कार्यक्रम 

पाल्पा, जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले नसर्ने रोग र त्यसको रोकथामका बिषयमा मंगलवार पत्रकार र स्थानीय रेडियोमा अन्र्तसंवाद कार्यक्रम आयोजना गरेको छ । प्रजातन्त्र दिवशको अवसरमा स्वास्थ्य कार्यालयले नसर्ने रोगहरुको अवस्था, पहिचान र निदानका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, जिल्ला अस्पतालका चिकित्सक डा.विवेक पौडेल र जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेल र पत्रकार  महासंघका अध्यक्ष कमलराज तिमिल्सेना, जिल्लाका पत्रकारहरुको सहभागितामा थियो । जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोख्रेलले, स्वास्थ्य कार्यालय पाल्पाले हाल सम्म गरेका गतिविधीका बिषयमा जानकारी दिएका थिए । प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले, जिल्लामा भएको शान्ति सुरक्षाको व्यवस्थापन र बिभिन्न   आईपर्ने समस्यालाई न्युनिकरण गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय पाल्पाको भूमिका महत्वपुर्ण रहेको जानकारी दिए । जिल्ला अस्पताल पाल्पाका मेडिकल अधिकृत डा विवेक पौड्यालले, स्वास्थ्य सेवा र विरामीको चापका बिषयमा आफ्नो धारणा व्यक्त गरेका थिए । संवाद कार्यक्रमलाई पाल्पा जिल्लाका सबै स्थानीय रेडियोहरुले प्रत्यक्ष प्रशारण गरे ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update