Shittalpati
देउवा उत्तराधिकारीको प्रशवपीडामा  

नेपाली काँग्रेस भित्र १५ औं महाधिवेशनको पुर्व तयारीका लागि नेताहरु देश दौडाहामा लागेको देखिन्छ । यसरी देश दर्शनका लागि दौडने परम्परा यो पटक मात्रै होईन् । ११ औं महाधिवेशन पछिका सबै महाधिवेशनहरुमा काँग्रेस भित्र गुट अनि उपगुटका चर्चा र शैलीहरु छताछुल्ल रुपमा प्रर्दशित हुँदै आएका छन् । १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरवहादुर देउवाको दोस्रो पटकपछि तेस्रोमा सभापति लड्न नमिल्ने विधानको व्यवस्थालाई टेकेर अब नयाँ पुस्ताको कांधमा जिम्मेवारी आउँने र ल्याउँने प्रयासमा अहिले नवनित्तम ध्रुविकरणहरु देखा परेका हुन ।

पार्टी मुद्दा हरेक तह र तप्कामा स्थापित गर्ने अनि काँग्रेसलाई नयाँ र जोसिलो काँग्रेस भएको देख्न चाहेकाहरु हालका महामन्त्री गगनकुमार थापालाई १५ औं महाधिवेशनबाट सभापति वनाउँने सोंचका साथ अगाडि बढेको देखिन्छ भने, १४ औं महाधिवेशनमा गगनलाई साथमा लिएर सभापतिमा शेरबहादुरसँग भिडेका थिए । शेखर उपविजेता भए र गगन त्यही टीमबाट अत्याधिक मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका थिए । गगन, आँट हुन, युवाका भरोशा हुन, उनीसँग नेपालीलाई गगनचुम्मी शैलीबाट नयाँ नेपाल बनाउने आंँट छ । उनी प्रति युवाको भरोसा भनेकै गगन हुन भन्ने आवाज अगाडि आई रहेकै बेला शेरबहादुर पनि उनीबाट कतिपय कुरामा विश्सस्त देखिन्छन् । मन नमिले पनि पार्टी बलियो हुन्छ भने गगनले नेतृत्व गर्दा राम्रै हुने आशामा देउवाले उत्तराधिकारी जन्माउँने प्रशवपीडालाई कम गर्ने मात्र उनकै महामन्त्रीका रुपमा खडा भएको आभास पाएका हुन कि भन्ने भान हुन थालेको छ । शेरवहादुर युगले पार्टीलाई एउटा उचाई प्रदान गरेको कुरालाई नकार्न सकिदैन् । सरकार चलाउँने र ढलाउँने खेलका महानायक मानिएका शेरबहादुर कम बोल्ने अनि धेरै परिणाम दिने खालका राजनैतिक चर्तुर खेलाडीका रुपमा चिनिएका कारण उत्तराधिकार हस्तान्तरणमा पनि उनले नयाँ चकत्कार देखाउँने अड्कलहरु पनि प्रसस्त अगाडि आएका छन् । त्यस कारण अब सबैले युवा पुस्ताको नेतृत्व स्थापित गर्नका लागि गगन थापाका हरेक आधारभूत मुल्य र मान्यतालाई स्थापित नमात्तिने, नआत्तिने, खालको सुझवुझ सहितको नेतृत्व चयनको तयारी गरी नेपाली काँग्रेसलाई लोकतन्त्रको पहरेदार पार्टीका रुपमा स्थापित गर्ने काममा लगनशील भएर लाग्नुको विकल्प छैन । 
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update