
पाल्पा, नेपालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र आगमनको ७५ वर्ष भएको छ । आजकै दिन अर्थात् फागुन ७ महान् जनक्रान्तिमार्फत् नेपाली समाजलाई राणा शासनको दासताबाट मुक्त गरी आधुनिक युगमा प्रवेश गराउन ढोका खुलेको दिन हो ।
जसलाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । प्रजातन्त्र प्राप्तिका लागि योगदान दिएका महान् योद्वा र उनीहरुको सपनालाई साकार पार्ने संकल्पका साथ हरेक वर्ष विभिन्न राजनीतिक दल र सरकारले विभिन्न कार्यक्रम गरी २००७ फागुन ७ गतेको स्मरण गर्छन्, र प्रजातन्त्र दिवसको महत्वबारे व्याख्या गर्छन् । तर, दुखको कुरा ¤ प्रजातन्त्रको मर्म र भावना कसैले आत्मसात् गर्न सकेका छैनन् । जसका कारण प्रजातन्त्रले निर्दिष्ट गरेको लक्ष्य हासिल हुन सकेको छैन । बरु दलका नेताहरूको अदूरदर्शिता, दीर्घकालीन सोचको अभाव र आपसी खिचातानीले प्राप्त उपलब्धि नै बेलाबखत गुम्दै आएको छ । प्रजातन्त्र घोषणाको दिनले आसन मात्र होइन, देशको शासन नै बदलियो । फेरिएको व्यवस्थासँगै मुलुकमा विद्यमान गरिबी, पछौटेपन, विभेद अन्त्य हुने धेरैको बुझाइ र विश्वास पनि थियो । तर शासन व्यवस्था र शासक फेरिएको ७४ वर्ष पूरा हुँदासम्म जनताकोे आशा र अपेक्षा अनुसार काम हुन भने सकेको छैन । जसले गर्दा व्यवस्था फेरिए पनि जनताको अवस्था भने उस्तै भएको अनूभूत आम नाागरिकमा छ । व्यवस्था र शासक फेरिए पनि प्रवृति नबदलिँदा जनताले लामो संघर्षबाट मुलुकमा स्थापित प्रतातन्त्रको वास्तविक अनुभूति गर्न नसकेको राजनीतिक विश्लेषक राजेन्द्र श्रेष्ठले बताए । ‘व्यवस्था त फे¥यौं तर नयाँ व्यवस्था हाँक्ने पात्र, प्रवृत्ति र मानसिकता फेर्न सकिएन,’ श्रेष्ठ भन्छन्, ‘फेरिएका पात्रले नै प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोकको विषय बनाए ।’ मुलुकी राजनीतिमा भएको आमूल परिवर्तनपछि पनि राजतन्त्रात्मक मानसिकताले गर्दा जनताको अवस्थामा परिवर्तन आउन सकेन । शासन व्यवस्थाका केही संरचना परिवर्तन भए। देशको सर्वोच्च पद राष्ट्रप्रमुखको जिम्मेवारीमा जनताका छोरोछोरी पुगे । राजदरबार हट्यो, राष्ट्रपति कार्यालय स्थापित भयो । तर मानसिकता परिवर्तन हुन सकेन । सत्तामा पुगेकाले राजाकै पालामा जस्तो लावालस्कर र विलासी जीवनलाई निरन्तरता दिँदा जनताले परिवर्तनको अनुभूति गर्न नसकेको विश्लेषक श्रेष्ठको भनाई छ । एक सय चारवर्षे राणाशासन अन्त्य भई २००७ मा पहिलोपटक मुलुकमा प्रजातन्त्र स्थापना भएको थियो । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो ।
प्रजालाई नागरिक बनाउने अठोटसहित संघर्षमा होमिएकामध्ये शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले ज्यानको वलिदानी दिएका थिए । तर यतिबेला राजनीतिक दलका शीर्षनेताले व्यक्तिगत हित र उन्नतिलाई मात्र प्रजातन्त्र सम्झी नागरिक हित र उनीहरूप्रतिको दायित्वलाई पूरै तिरस्कार गरी प्रजातन्त्रकै खोल ओडिरहेका छन् । जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको हो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ । दिवसका अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।