Shittalpati
रुपन्देहीमा एक महिला मृत फेला

बुटवल, रुपन्देहीको सियारी गाउँपालिका–२ मा एक महिला मृत फेला परेकी छन् । जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो ।

बिहीबार बिहान साढे ११ बजे फालिएको अवस्थामा स्थानीयले शव  देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  खबर लगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार टाउकोमा ढुङ्गा प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । टाउकोमा चोट देखिएकाले ढुङ्गा प्रहार गरी हत्या भएको हुन सक्ने बताइएको । मृतक महिलाको पहिचान हुन बाँकी रहेको छ  । घटना बारेमा सूक्ष्म रूपमा अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update