Shittalpati
जेहन्दार विपन्न दलित बालबालिकालाई शैक्षिक सामग्री

पाल्पा, जिल्लाको तानसेन नगरपालिका भित्रको सिल्खान –२ टोल विकास संस्थाले जेहन्दार विपन्न दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले तानसेन नगरपालिका –४ वडा कार्यालयको आर्थिक सहयोगमा एक औपचारिक कार्यक्रमकाबिच बालबालिकाहरुलाई  शैक्षिक सामग्री वितरण गरेको हो ।

जेहन्दार बालबालिकाहरुको शैक्षिकस्तर वृद्धि गर्नुको साथै अध्ययनमा प्रोत्साहन स्वरुप सामग्री वितरण गरिएको टोलविकास संस्थाले जनाएको छ । मोहन कन्या मावि र बालमन्दिर प्राविका  ५७ जना दलित विपन्न छात्रछात्राहरुलाई स्विटर, जुत्ता, झोलासहित शैक्षिक सामग्री वितरण गरिएको संस्था की पूर्व अध्यक्ष एवं जनप्रतिनिधी सीता बस्नेतले बताइन् । कार्यक्रममा तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले  शैक्षिक सामग्री सहयोगले विपन्न बालबालिकाहरुका लागि थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गरे । उनले टोल विकास संस्थाको सक्रियताले नगरको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको समेत बताए । नगर प्रमुख श्रेष्ठले सिमित स्रोत र साधनका बावजुत पनि नगर पालिकाले १४ वटै वडामा नागरिकका आधारभूत आवश्यकता पुरा गर्ने काम गर्दै आएको उल्लेख गरे । तानसेन –४ का वडा अध्यक्ष हेमन्तराज शाक्यले बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रम उपलब्धि मुलक भएको बताउँदै रचनात्मक कामका लागि टोल विकास संस्थासँग हातेमालो गर्न वडा तयार रहेको बताए । संस्थाकी कार्यवाहक अध्यक्ष  भुनु कुमारी बरालले टोलको विकासमा काम गर्न संस्था तत्पर रहेको बताईन् । टोल विकास संस्थाकी संयोजक गीता नेपालको अध्यक्षता, सचिव अरुणा भट्टराईको  सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update