Shittalpati
तानसेनमा महिलामैत्री सहर निर्माणका लागि अन्तर्क्रिया

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा महिलामैत्री सहर निर्माणका लागि अन्तर्क्रिया कार्यक्रम भएको छ । नगरपालिकामा लैङ्गिक सहभागीता सम्बन्धित अन्तर मूल्याङ्कन तथा  महिला मैत्री शहर निर्माण सम्वन्धी अन्तर्क्रिया कार्यक्रम भएको  हो ।

युनओपिएससँगको सहकार्यमा  महिलाहरूको आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राख्दै सार्वजनिक स्थानहरूको पहिचान, योजना, विकास, र व्यवस्थापनमा तानसेन नगरपालिका लागि परेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । महिलाहरूलाई शहरी क्षेत्रमा समान अवसर र अधिकार प्रदान गर्न, उनीहरूको आर्थिक, सामाजिक, र राजनीतिक सहभागिता सुनिश्चित गर्ने गरी कार्यक्रम डिजाइन भएको कार्यक्रमका फोकल पर्सन दुर्गाबहादुर थापाले बताए । तानसेन नगरमा सार्वजनिक स्थानहरुको पहिचान, ती स्थानहरूमा महिलाहरूको सुरक्षालाई सुनिश्चित गर्दै उनीहरूको स्वतन्त्र गतिशीलता र पहुँचमा प्रोत्साहन गर्न परियोजनाले सहयोग गर्ने युनओपिएसकी कार्यक्रम स्पेसलिष्ट निलम धनुसेले जानकारी दिईन । कार्यक्रममा शहरी विकास मन्त्रालयका वरिष्ठ समाजशास्त्री कमल अधिकारीले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मार्गदर्शन २०८० नीतिगत रुपमा गरेका व्यवस्थाको बारेमा जानकारी गराएका थिए । स्थानीय, प्रदेश सरकारबाट योजना संकलन, छनौट देखी, बजेट निर्माण तथा कार्यान्वय सम्म लै·िक समानता तथा सामाजिक समावेशीकरण मार्गदर्शन २०८०  लागु गर्नुपर्नेमा बरिष्ठ समाजशास्त्री अधिकारीले जोड दिए । युनओपिएसले तानसेन नगरपालिकामा खुला सार्वजनिक स्थानहरूको पहिचान, प्राथमिकता निर्धारण र नक्सांकन गरेर तिनीहरूको सुधार र व्यवस्थापनमा काम शुरु गरेको छ । जस अर्न्तगत वडा नंं १ को धुर्वघाट पार्क, वडा नंं. २ को नारायणस्थान फूलबारी, वडा नंं ४ को मखनटोल, वडा नं. ६ को टुँडिखेल, वडा नंं ७ को कमलपोखरी र वडा नंं १४ को कुडानीलाई पहिचान गरेको छ । वडा नंं ४ मा महिला साप्ताहिक मेला सञ्चालन कार्यक्रम शुरु भएको छ ।

कार्यक्रममा तानसेन नगरपालिकाबाट हुने हरेक गतिविधिमा समावेशीकरणको अवधारणा, मूल्य, मान्यता सिद्धान्त अनुसार व्यवहारमा लागु भएको छ कि छैन्, कार्यान्वयन गर्न देखिएका चुनौतीका विषयमा  समुह विभाजन गरी  छलफल गरिएको थियो । युनओपिएसले  तानसेन नगरपालिकामा  लैङ्गिक समानता, अपा·ता  र समावेशीकरण नीति निर्माणमा सहयोग पुर्‍याउने सो विषयमा जनचेतना फैलाउदै  र कार्यान्वयनमा जोड दिने जनाएको छ । छलफल अन्तर्क्रिया कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, प्राविधिक देखी, कार्यक्रम छनौट भएका वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, उपभोक्ता, विषय विशेषज्ञ, युनओपिएसका प्रतिनिधीहरुको  सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन  नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत भरत आचार्यले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update