
पाल्पा, निजी विद्यालयको रुपमा सञ्चालित पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ स्कूलले रजत जयन्ती मनाएको छ । २०५३ सालमा स्थापना भएको स्कूलले स्थापनाको २५ औं वार्षिक उत्सव तथा रजत जयन्ती मनाएको हो ।
व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी पाँच कोठे टहराबाट स्थापना भएको स्कूल रजत वर्षमा आइपुग्दा सुुविधा सम्पन्न पक्की भवनबाट पठनपाठन गराउँदै आएको छ । ८७ जना विद्यार्थीहरु राखेर पठनपाठन सुरु गरेको विद्यालयमा हाल ३ सय ८ जना विद्यार्थीहरु अध्ययनरत छन् । शैक्षिक व्यक्तित्व अनिल कुमार रनपालको नेतृत्वमा स्थापना भएको स्कूल तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद बस्यालको घरमा कार्यालय सञ्चालन गरी उनकै खाली जग्गामा पाँच कोठे टहरा निर्माण गरी कक्षा सञ्चालन गरिएको थियो । २०६१ सम्म विभिन्न व्यक्तिहरुको घर भाँडामा लिई सञ्चालन हुँदै आएको स्कूल देशमा आएको राजनीतिक उत्तराचढावसँगै विचलनको अवस्थामा पुगेको थियो । स्कूूल विचलनका कारण धरासयी अवस्थामा पुग्दा १६ जना विद्यार्थी मात्र अध्ययनरत रहे । तर २०६६ मा आएर केही व्यक्तिहरुको सक्रियतामा पाल्पा प्यारागन इङ्गलिस बोर्डि स्कूलको नामबाट नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याइयो । स्कूूललाई नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्न चन्द्रबहादुर नेपाली, रामबहादुर बयम्बु, दिपक गुभाजु, ताराबहादुर कुवर, वर्तमान अध्यक्ष जगदीश प्रसाद भट्टराई हालका प्रिन्सिपल गंगाबहादुर खत्री लगायतका व्यक्तित्वहरुको महत्वपूर्ण योगदान रहेको छ । विभिन्न कालखण्डमा आरोह, अवरोहहरुको सामना गर्दै आएको प्यारागनले २५ वर्षको यात्रामा आफुलाई पश्चिम क्षेत्रकै प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । त्यसबेला धेरैले विश्वास नगरेको विषय थियो पाल्पामा निजी स्कूल भोलि राष्ट्रियस्तरमा प्रतिष्ठित र उत्कृष्ट शिक्षा दिने प्यारागन स्कूलको रूपमा खडा हुनेछ तर धेरैको आकलनलाई गलत सावित गर्दै प्यारागनले आफ्नो २५ वर्षे यात्रा सम्झ्दै शनिबार २५ औं बार्षिक उत्सव, अभिभावक तथा रजत जयन्ती मनाएको हो । स्कूलले रजत जयन्ती मनाएसँगै ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ ।
तल्कालिन समयमा अंग्रेजी माध्यममा पढ्न चाहनेहरुका लागि प्राप्त विद्यालयहरु थिएनन् । निजी शैक्षिक संस्थाका रुपमा सीमित स्कुलहरु त खुलेका थिए, तर तिनले समयसापेक्षा शिक्षालाई अगाडि बढाउन सकेका थिएनन् । त्यही परिवेशमा स्थापना भएको प्यारागनलाई शैक्षिक विकासको आधारशिला मान्न सकिन्छ । प्यारागन स्थापनापछि निजी क्षेत्रबाट थुप्रै स्कूलहरू खुले । दुई दशक लामो यात्रामा प्यारागनले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका पुरस्कारहरु समेत हात पा¥यो । उसले विद्यार्थीहरुलाई किताबी ज्ञानमामात्र सिमित नराखी विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाएको छ । प्रयोगात्मक शिक्षालाई अंगाल्दै अगाडि बढेको स्कूलले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका विभिन्न खेलकूदमा विद्यार्थीहरुलाई सहभागी बनाएको छ । यहाँका विद्यार्थीहरु राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरकामा सहभागी मात्रै हैन विभिन्न पदकहरु समेत हात पार्न सफल भएका छन् । एसईईको परीक्षामा यहाँका विद्यार्थीहरुले उत्कृष्ट नतिजा दिन सफल भएका छन् । विभिन्न पुरस्कार र सम्मानबाट पनि स्कुलको २५ वर्षे यात्रा सफल र अब्बल भएको प्रष्ट हुन्छ । निजीस्तरका स्कूलहरु सञ्चालनमा थु्रपै चुनौति भए पनि प्यारागनले आफूलाई स्वर्णतिरको यात्रामा अगाडि बढाएको छ । सरकारीस्तरबाट होस् वा राजनीतिक स्तरबाट नै किन नहोस् उपेक्षामा परेका कयौं निजी शैक्षिक संस्थाहरु बन्द भएको अवस्थामा प्यारागनले रजत जयन्ती मनाउनुलाई कम आकलन गर्न सकिदैन । रजत जयन्ती मूल समारोहको अवसरमा आयोजित कार्यक्रममा जिल्लाका सहभागीहरुले समेत स्कूलको २५ वर्षे यात्राको मुक्तकण्ठले प्रशंसा गरे ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले निजी तवरबाट सञ्चालन भएको स्कूलले जिल्लाको शैक्षिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले २५ वर्षे लामो यात्रा तय गर्नु स्कूलका लागि चुनौतिको विषय भए पनि आफुलाई सफल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सक्नु नै महत्वपूर्ण रहेको उल्लेख गरे । मन्त्री सारुले अबको आवश्यकता व्यवसायिक र प्राविधिक भएकाले त्यसतर्फ ध्यान दिन स्कूललाई आग्रह गरे । उनले आगामी बर्षदेखी लुम्बिनी प्रदेशका सबै विद्यालयमा नर्स कार्यक्रम सञ्चालन गरिने समेत बताए । उनले विद्यालय शिक्षालाई स्वास्थ्यमैत्री बनाउँदै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिन प्रदेश सरकारले आगामी बर्षदेखी प्रदेशभरीका विद्यालयहरुमा घुमन्ते नर्स अभियान सञ्चालनको तयारीमा रहेको उल्लेख गरे ।
कार्यक्रममा प्याब्सन पाल्पाका अध्यक्ष डाँसुराम पन्थ, तानसेन नगरपालिका –३ का वडा अध्यक्ष बाबुरत्न शाक्य, सम्मानित व्यक्तित्व साहित्यकार राजेन्द्र गोपाल सिं लगायतले स्कूलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश प्रसाद भट्टराईले स्कूल भौतिक रुपमा सुविधा सम्पन्न बन्दै गएको र आगामी दिनमा समय सापेक्षा शिक्षा प्रदान गर्दै जाने बताए । भट्टराईले स्कूलले रजत जयन्ती मात्र होइन स्वर्ण जयन्ती समेत भव्य रुपमा मनाउने उद्घोष गरे । विद्यालयका प्रिन्सिपल गंगाबहादुर खत्रीले स्कूलको हालसम्मको अवस्था र उपलब्धीका बारेमा प्रतिवेदन प्रस्तुत गर्दै सबैको सहयोग र साथका कारण नै स्कुलले रजत जयन्ती मनाउन सफल भएकोमा सबैलाई धन्वाद दिए । रजत जयन्तीको अवसरमा स्कूलको शैक्षिक, भौतिक क्षेत्रमा योगदान पुर् याउने व्यवस्थापन समितिका पूर्व अध्यक्ष, सदस्य, शिक्षक, कर्मचारी, पत्रकार, परीक्षामा उर्तिण हुने विद्यार्थी, अतिरिक्त क्रियाकलापका विभिन्न विधाहरुमा विजयी विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो । सोही अवसरमा पूर्व विद्यार्थी समाजले स्कूलमा अध्ययनरत विद्यार्थीहरुका ७० वर्ष भन्दा माथिका अभिभावहरुलाई सम्मान गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश प्रसाद भट्टराईको अध्यक्षता, विद्यार्थी ओजस्वी पाण्डेको स्वागत, शिक्षक रामप्रसाद तिमिल्सीनाले कार्यक्रम माथि प्रकाश र विद्यार्थीहरु केकी बस्याल, आरती बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।