Shittalpati
नारायण युवा क्लवद्वारा धार्मिक तथा पर्यटकीयस्थलको सरसफाई

पाल्पा, सामाजिक क्षेत्रमा क्रियाशिल रहेको नारायण युवा क्लव तानसेनले जिल्लामा रहेका विभिन्न क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलहरुको सरसफाई गरेको छ । क्लवले नजिकिदै गरेको  महाशिवरात्रीको पावन अवसरमा यहाँका  धार्मिक तथा पर्यटकीयस्थलहरुको सरसफाई गरेको हो ।

यहाँका महादेव मन्दिर परिसर, शिवलि· १०८ धारा, हनुमान मन्दिर, हनुमानपार्क लगायतका स्थानमा क्लवमा आवद्ध सदस्य तथा पदाधिकारीहरु, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, तानसेन खानेपानी उपभोक्ता समितिका सदस्य तथा पदाधिकारीहरु, नारायणटोल विकास संस्था, सिर्जनशिलटोल विकास संस्था, खलटोल विकास संस्था, बडीज्ञानटोल विकास संस्थाका प्रतिनिधि लगायत स्थानीयवासीहरुको उल्लेख्य सहभागीतामा सरसफाई गरिएको क्लवका अध्यक्ष प्रबिनराज शाक्यले बताए । यहाँ उम्रिएका झारपात, प्लाष्टिक लगायतका अन्य फोहोरहरु पूर्ण रुपमा सरसफाई गरी कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै स्थानमा व्यबस्थापन गरिएको थियो । आफ्‌नो ठाउँ आफै बनाउने भन्ने अभिप्रायलाई आत्मसाथ गर्दै महाशिवरात्री पर्वलाई लक्षित गरी यहाँका ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थलहरुको सरसफाई गरिएको  अध्यक्ष शाक्यले जानकारी दिए । उनले भने यहाँ रहेको  धार्मिक तथा पर्यटकीयस्थल हाम्रो सौन्दर्यका गहना हुन्‌ । शिवरात्रीका अवसरमा मात्र हैन अन्य समयमा समेत यहाँ थुप्रै पर्यटक तथा दर्शानार्थीहरु आउने गर्दछन्, त्यसैले पनि यहाँ स्वच्छ, सुन्दर र हराभरा बनाउन आवश्यक छ ।’ क्लवले विगतका वर्षहरुमा पनि यहाँका क्षेत्रहरुमा सरसफाई गर्दै आएको छ । उसले यहाँको फूलबारी परिसरको झाडी पूर्ण रुपमा सफा गर्ने, अनावश्यक बोट विरुवा, काँटछाँट गरी, हिंडडुल गर्ने ढुङ्गे बाटाहरु सफा गर्ने जस्ता कामहरु पनि गर्दै आएको छ । फूलबारी क्षेत्र तानसेनका जनताको खानेपानीको श्रोत भएकाले पानीको श्रोत जोगाइराख्न, चिउरी, खल्डुक, कपुर र चाप जस्ता बोटविरुवाहरु समेत क्लवले केही वर्ष अघि रोपेको थियो । क्लवले सामाजिक क्षेत्रको विकाससँगै वातावरणलाई स्वच्छ, सफा र सुन्दर बनाउने कार्यमा विगतदेखि नै सक्रिय रुपमा काम गर्दै आएको क्लवका संस्थापक अध्यक्ष हिमालदत्त श्रेष्ठले बताए । उनले भनेसरकारी क्षेत्रबाट गर्नुपर्ने कामहरु समेत क्लवमा आवद्ध युवाहरुले गर्दै आएका छन्, यो जिल्लामै नमूना क्लवका रुपमा रहेको मैले महशुस गरेको छु ।’

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update