Shittalpati
अन्नपूर्ण होटलमा शिवरात्रिको प्रसाद वितरण

पाल्पा, जिल्लाको तानसेन नगरपालिका– ३ भगवतीटोलस्थित अन्नपूर्ण होटलमा शिवरात्रि पर्वको प्रसाद वितरण गरिएको छ । बुधबार महाशिवरात्रि पर्वको अवसरमा होटलले  हरेक वर्ष जस्तै यस वर्ष पनि प्रसाद वितरण गरेको हो ।

बाटोमा हिड्ने यात्रुदेखि शिवालय मन्दिरमा दर्शन गरी फर्कने दर्शानार्थीहरुले प्रसाद ग्रहण गरेका थिए । होटल सञ्चालक टिकाराम बस्यालले एक दश अघिदेखि नै शिवरात्रिका दिन प्रसाद वितरण गर्दै आएका छन् । भगवान शिवप्रति आस्था राख्दै आएका बस्यालले शिवको पूजासँगै प्रसाद बाँड्ने गरेका हुन् । बस्यालले शिवरात्रिका दिन पूजा, प्रसाद वितरण मात्र हैन विभिन्न शिवालय मन्दिर र आश्रममा पुगेर आर्थिक, खाद्यान्न समेत सहयोग गर्दै आएका छन् । उनले बाराङ्दीमा रहेको नारायणडाँडा शिवालय मन्दिरमा पुजा गर्दै आएका पुजारीका लागि तलव र पोशाक समेत दिर्दै आएका छन् ।

उनी भारतको नयाँ दिल्लीमा रहँदा शिवरात्रिका दिन प्रसाद बाँड्ने गरेको र नेपाल आएपछि आफुले पनि हरेक वर्ष शिवरात्रिकै दिन प्रसाद बाँड्ने परम्पराको थालनी गरेको बताउँछन् । बस्यालले भने ‘म पहिले दिल्लीमा हुँदा त्यहाँ शिवजीको प्रसाद बाँड्ने गरेको देखेको थिएँ । मलाई शिवप्रति  मनैदेखि अत्यन्त श्रद्धा जागेर आउन्छ, शिवको पुजा पनि गर्छु । म नेपाल आएपछि हरेक वर्ष घरमै र अहिले होटलमा प्रसाद बाँड्ने गरेको छु ।’

बस्यालले हरेक वर्ष शिवरात्रिमा  प्रसाद बाँड्ने गरेको उनका छोरा तथा होटल सञ्चालक लक्ष्मण बस्यालले बताए । उनी भन्छन् ‘बुवाको शिवजीप्रति आस्था रहेको छ । उहाँले हरेक वर्ष प्रसाद वितरण गर्नुको साथै मन्दिरमा सहयोग, असहाय, अशक्त वृद्धवृद्धाहरुलाई आवश्यक सहयोग पनि गर्नुहुन्छ, । उहाँको सहयोगी भावना र धर्मप्रतिको आस्था देखेर हामीलाई पनि खुसी लाग्छ ।’ ६५ वर्षीय बस्यालसँगै  उनको श्रीमति उमादेवी बस्यालले बाटोमा आउने जानेहरुलाई विहानदेखिनै  प्रसाद बाँडिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update