Shittalpati
आज बुटवलमा राप्रपाको जागरण सभा

बुटवल, राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बुटवलमा प्रदेशस्तरीय जागरण सभा गर्न लागेको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नारासहित राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा सभा गर्न  लागिएको हो ।

राप्रपाले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै शनिबार शक्ति प्रदर्शन गर्ने जनाएको हो । सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, वबहादुर प्रधान, महामन्त्री धवल शमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताले सम्बोधन गर्नेछन् । ट्राफिक चोकमा गरिने सभामा हजारौं नागरिकको सहभागिता हुने राप्रपाको दाबी छ । सातै प्रदेशका मुख्य शहरमा सभा गर्ने राप्रपाले गएको माघ ११ गतेको बैठकबाट निर्णय गरेको थियो । कोशी र गण्डकी प्रदेशमा जागरण सभा गरेको राप्रपाले लुम्बिनीपछि कर्णाली, सुदूरपश्चिम, बागमतीमा सभा गर्ने जनाएको छ । राप्रपाले सबै प्रदेशमा सरकारविरुद्धको खबरदारी सभा गरिरहेको छ । त्यही अभियानअन्तर्गत बुटवलमा शनिबार जागरण सभा  हुन लागेको राप्रपा पाल्पाले जनाएको छ । ठूला दलले निरन्तर जनतामा निराशा मात्रै दिएपछि आशा र निकासका लागि जागरण सभा गर्न लागिएको राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर  कुंवरले जानकारी दिए ।

मुलुकमा बढ्दो विकृति र भ्रष्टाचारविरुद्धको अभियानमा राप्रपा देश दौडाहामा लागेको उनले बताए । देशको राष्ट्रियतासमेत संकटमा परेको राप्रपाको दाबी छ । ‘मुलुकले निकास खोजेको छ, त्यसैले सबै अट्ने नयाँ समझदारी गरेर अगाडि जानुपर्छ,’ अध्यक्ष कुंवरले भने, ‘राष्ट्रियता संकटमा परेकाले सबैको जागरुकता र सहयोग हामीले खोजेका छौं ।’


 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update