
पाल्पा,नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाए गरेको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरूले पनि विभिन्न कार्यक्रम गरेका छन् । अन्तर कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष तर्फ क्रिकेट, पुरुष तथा महिलातर्फ फुटसल, ब्याडमिण्टन र बुद्धिचालजस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरिएको थियो ।
कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागी गराई शारिरीक तथा मानिसिक रुपमा सवल र सक्षम बनाउने उद्देश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तर्फ क्रिकेट, पुरुष तथा महिला तर्फ फुटसल, ब्याडमिण्टन र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनी पाल्पा शाखाले पनि तानसेन नगरपालिका–१ भूषलडाँडामा रहेका नीलसागर आश्रमका अशक्त, असहाय, वृद्धवृद्धाहरुलाई भोजन गराएको शाखा प्रमुख उमेश गैरेले बताए ।