नेपाल औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा सिंह

पाल्पा,नेपाल औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा समिरमान सिंह चयन भएका छन् । संघको शनिबार तानसेनमा भएको आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशनले सिंहलाई अध्यक्षमा चयन गरेको हो ।
सिंह यस अघि संघको उपाध्यक्ष थिए । उनी पाल्पा उद्योग वाणिज्य संघका महासचिव समेत हुन् । सिहं जिल्लाका विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत सक्रिय रहँदै आएका छन् । यस्तै अधिवेशनले उपाध्यक्षमा सू्र्य बस्याल, महासचिवमा मैना सुवेदी, कोषाध्यक्षमा सचिन विष्ट, सचिवमा बेनिमाधव आचार्य र सह कोषाध्यक्षमा निरोज श्रेष्ठलाई चयन गरेको संघका पूर्व अध्यक्ष रुक्मागत शर्माले जानकारी दिए । यस्तै सदस्यहरुमा ईशवरी प्रसाद विसी, रिता पाण्डे र अनिल थापा रहेका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१
प्रतिक्रिया दिनुहोस्