Shittalpati
रामपुरमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

पाल्पा, जिल्लाको रामपुर नगरपालिकामा पाँचौं राष्ट्रपति रनि· शिल्ड प्रतियोगिता भएको छ । रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालयको व्यवस्थापनमा पाँचौ संस्करणको प्रतियोगिता शुक्रबारबाटदेखि भएको भएको हो ।

प्रतियोगिताले विद्यार्थीको अन्तरनिहित खेल प्रतिभाको पहिचानसँगै खेलाडी उत्पादनमा टेवा पुग्ने रामपुर नगरपालिका उप–प्रमुख बालकुमारी थापाले बताइन् । रामपुर नगरपालिकाले खेलकुद क्षेत्रको उत्थानका लागि भौतिक पूर्वाधार निर्माण, तालिमसँगै उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आएको उनको भनाई छ ।

दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले विगतको स्वरुपलाई परिवर्तन गरी प्रतियोगिताबाट उत्कृष्ट प्रतिभालाई छनौट गरी जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराईने बताए । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले खेलको विकासको लागि खेलकुदका गतिविधि वार्षिक रुपमा मात्र नभई नियमित रुपमा सञ्चालन गर्न आवश्यक रहेको बताए । खेलमा जित मात्र नभै सिक्ने अवसर पनि प्राप्त हुने उनको भनाई छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सहसचिव दुर्गेश मल्लले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसर बेला बेलामा हुने प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने  धारणा व्यक्त गरे । प्रतियोगितामा नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरी २० विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । एथ्लेटिक्स, भलिबल, कबड्डी र मार्सल आर्ट विद्याका छात्र र छात्राहरूको २७ इभेन्टमा प्रतियोगितामा प्रतिस्पर्धा हुने नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए । जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट भएका विद्यार्थीलाई मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । विगतमा विजेता विद्यालयलाई नगद, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिदै आएकोमा यस वर्ष प्रतियोगिताका विजेता विद्यार्थीलाई मात्र पुरस्कृत गरिने काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update