Shittalpati
शितलपाटीकर्मी पोखरेल बने प्रेस चौतारी लुम्बिनीको सचिव

पाल्पा, शितलपाटी डटकम र नवजनचेतना राष्ट्रिय दैनिक (एनजेडी) का पाल्पा संवाददाता कृष्ण पोखरेल प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको सचिवमा निर्विरोध निर्वाचित भएका छन् । चौतारी  लुम्बिनी प्रदेशको देउखुरीमा भएको दोस्रो प्रदेश अधिवेशनले पाल्पाका क्रियाशिल पत्रकार पोखरेलाई सचिवमा निर्विरोध निर्वाचित गरेको हो ।

सचिव बनेका पोखरेल विगत दुुई दशक लामो समयदेखि तानसेनमा रहेर पत्रकारिता गर्दै आएका छन् । अहिले उनी नवजनचेतना दैनिकसँगै विभिन्न राष्ट्रिय दैनिक पत्रिका, टेलिभिजन र अनलाइनहरुमा समेत सक्रिय छन् ।  पाल्पाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी स्थायी घर भएका पोखरेल विगत डेढ दशकदेखि नवजनचेतना राष्ट्रिय दैनिकमा संवाददाताको रुपमा काम गर्दै आएका हुन् । उनी नेपाल पत्रकार महासंघ पाल्पाको अघिल्लो अधिवेशनमा कार्यसमिति सदस्यमा भारी मतले विजयी समेत भएका थिए । अहिले पोखरेल महासंघको प्रदेश परिषद् सदस्य हुन् । उनले प्रेस चौतारी नेपाल पाल्पा र महासंघको जिम्मेवारीमा हुँदा संगठन र पत्रकारहरुको पक्षमा निरन्तर आफुलाई समर्पित गर्दै आएको पाइन्छ ।

पोखरेल आवाजबिहिनहरुको आवाजलाई कलमको माध्यमबाट उजागर गर्नेदेखि अनियमिता, भ्रष्टाचार, सामाजिक विकृती बिसंगतिका बिरुद्ध सक्रिय रुपमा खबरदारी गर्ने र संगठनमा रहँदा इमान्दारितापूर्वक सक्रिय भूमिका खेल्दै आएकै कारण प्रेस चौतारी लुम्बिनी प्रदेशको सचिव बन्न सफल भएका हुन् । उनी सचिवमा चयन भएसँगै एनजेडीसँगको कुरानीमा संगठनले दिएको जिम्मेवारी कुुसलतापूर्ण निर्वाह गर्दै संगठन र पत्रकारिता क्षेत्रको विकासमा आफुलाई समर्पित गर्ने बताएका छन् । पोखरेलसँगै पाल्पाबाट अर्का पत्रकार उत्तरदायित्व डटकमका कार्यकारी सम्पादक  नवराज ज्ञवाली  पनि प्रदेश सदस्यमा  निर्विरोध निर्वाचित भएका छन् । उनी पनि लामो समय जिल्लामा रहेर पत्रकारिता क्षेत्रलाई निरन्तर अगाडि बढाउँदै आएका छन् ।   

अधिवेशनले प्रदेश अध्यक्षमा शोभाकर पन्थीलाई पुनः निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा दशरथ घिमिरे, महासचिवमा हरि अधिकारी, बेणीमाधव बस्याल, माधव कँडेल, जनक चौधरी, दीपक न्यौपाने, नीता चौधरी र कोषाध्यक्षमा विनोद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरूमा नवराज शर्मा, वासुदेव न्यौपाने, शान्ता खनाल, रामबहादुर गन्धर्व, अजय बर्मा, यमकुमारी सुवेदी, मनिस पन्थ, अजम्द खलि सिद्दिकी, जयपति ढकाल, ज्ञानेन्द्र पोखरेल, लोकप्रसाद छन्त्याल, स्नेहा केसी, अराज बेलबासे, कमल विष्ट, माधव बेलबासे, गीताराम विष्ट, कुशल बस्याल, मरोज सल्मानी, ओरीराम चौरासिया, प्रमोद अर्याल, कृष्णराज पाण्डे, मित्र थापा, मोहन पौडेल, रवीन्द्र गुप्ता, सुमित्रा बराल र शशी पन्थी रहेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update