Shittalpati
अखिल छैठौं पाल्पाको तेस्रो भेला, अध्यक्षमा दर्लामी

पाल्पा, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) पाल्पाको तेस्रो जिल्ला भेला तानसेनमा भएको छ । अखिलले नयाँ नेतृत्व चयनसँगै संगठनलाई थप बलियो बनाएर लैजान भेला गरेको हो ।

भेलाको छैठौंका केन्द्रीय महासचिव पुरन पोख्रेलले उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटन महासचिव पोखरेलले नेपालको शिक्षा प्रणाली सुधार गर्नुपर्ने बताएका छन् । उनले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना मात्रै बनेको भन्दै त्यसलाई  व्यवहारिक, जीवनपयोगी बनाउनु अहिलेको आवश्यक रहेको धारणा व्यक्त गरे । महासचिव पोखरेलले भने ‘नेपालको शिक्षा प्रणालीलाई नेपाली माटो सुहाउँदो बनाउनुपर्छ, हैन भने लाखौं विद्यार्थी लर्को लागेर विदेश पलायन हुने छन् ।’ उनले अहिलेकै अवस्थामा उच्च शिक्षा हासिल गर्नकै लागि हजारौ विद्यार्थी विदेशिएको र अर्बौं रकम बाहिरिएको अवस्थाले देशको अर्थतन्त्रमा नै समस्या उत्पन्न गराएको बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सोम कुमार कार्की,अखिल नेपाल ट्रेड युनियनका केन्द्रिय उपाध्यक्ष टिकाराम पौडेल, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, अखिल नेपाल शिक्षक संघका प्रतिनिधि रुपचन्द्र थापा लगायतले मुलुक परिवर्तनका लागि विद्यार्थी संगठनको भूमिका महत्वपूर्ण रहेको बताए । उनीहरुले अहिलेको अवस्थामा मुलुकलाई सहि दिशामा लैजानुपर्ने अवस्था आएकाले त्यसमा विद्यार्थीहरु चनाखो भएर लाग्न आग्रह गरे । उनीहरुले पार्टीलाई बलियो बनाउन समेत विद्यार्थीहरुको सशक्त भएर लाग्नुपर्नेमा जोड दिए ।

अध्यक्षमा दर्लामी

यस्तै भेलाले ज्योती दर्लामीलाई अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा शुस्मिता गाहा,सचिव जानकी राना, सह–सचिव,मनिषा सिंजाली, कोषध्यक्षमा करिना चित्रे चयन भएको राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले  जानकारी दिए । यस्तै सदस्यहरुमा अञ्जली फाल, युगेश सारु, अमृत गैरे, सञ्जु गैरे, अस्मिता चित्रे, यमु सिंजाली, सविता खाम्चा रहेका छन् । यस्तै भेलाले सल्लाहकार समेत चयन गरेको छ । जसमा अम्शु ठडराइ,खुमी पुलामी, शक्ति सिंजाली र शुस्मा आले रहेका छन् । ज्योती दर्लामीको अध्यक्षता, जानकी रानाको स्वागत, सुस्मिता गाहाको सञ्चालनमा कार्यक्रम भएको थियो ।  

 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update