Shittalpati
तानसेनबाट मनमोहक हिमाल

पाल्पा, मौसम सफा हुँदा पर्यटकीयस्थल तानसेनको कैलाशनगरबाट देखिएका मनमोहक हिमश्रृंखला । यहाँबाट देखिएका धवलागिरी, माछापुच्छ्रे हिमालले स्थानीय निक्कै उत्साहित र उमंगित भएका छन् । शनिबार पानी परेका कारण आइतबार बिहानैबाट सफा र चिटिक्कका हिमाल देखिएका हुन् । तानसेनवासीले घरका छत, कौशी र दैलोबाटै मज्जाले सेताम्य हिमाल हेरिरहेका छन् । आँखै अघि हिमाल देखिएपछि स्थानीय, सर्वसाधारण फोटो र सेल्फी खिच्न तछाडमछाड गरिरहेको पाइन्छ । रामचन्द्र रायमाझी/शितलपाटी डटकम

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update