
पाल्पा, प्रतिनिधिसभामा बुधबार स्वीकृत भएका पाँच अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत भएको छ । बिहीबार राष्ट्रियसभाको बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ पेस भएका थिए । उक्त अध्यादेशहरू राष्ट्रियसभाबाट बहुमतले स्वीकृत गरिएको हो ।
यो सँगै सरकारले जारी गरेका विभिन्न ६ मध्ये पाँच अध्यादेश दुुवै सदनबाट पारित भएका छन् । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ राष्ट्रियसभाबाट स्वीकृत भएको हो । त्यसअघि उक्त अध्यादेशविरुद्ध परेका विरोधका सूचनाहरू अस्वीकृत भएका थिए । यी अध्यादेश प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेका छन् । अध्यादेश संघीय संसदको दुवै सदनबाट पारित भएसँगै प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २३ गते शुक्रबार दिउँसो १ः १५ बजे बस्ने छ ।