Shittalpati
पाल्पामा लोप हुन लागेको सोरठी नाँच

पाल्पाको तानसेनस्थित कैलाशनगरमा सञ्चालनमा आएको ‘श्रीनगर सांस्कृतिक डबली’ मा लोप हुन लागेको सोरठी नाँच प्रर्दशन गर्दै जिल्लाको बगनासकाली गाउँपालिका गोपाल्दीका मगर समुुदाय ।

देवी, देउता, पौराणिक घटना र कथामा आधारित रहेर सोरठी गाउने र नाच्ने गरिन्छ । सोरठी गीतमा मानिसका दुःख, वेदना, समस्यालगायत चाडपर्वका शुभकामनालाई पनि लयवद्धरूपमा प्रस्तुत गरिन्छ । मगर समुदायमा सोरठी नाच विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेलापर्वमा समेत नाच्ने गरिन्छ । सोरठीमा पुरुषले महिलाको भेषमा कलात्मक ढंगले मादलको तालमा ताल मिलाएर नाच्छन् । महिलाको भेषमा सजिएका पुरुष कलाकारलाई मारुनी भनिन्छ । सोरठीमा ठाउँअनुसार दुईदेखि तीनजना मारुनी बनेका हुन्छन् । जुन नाँच पछिल्लो समय नयाँ पुुस्ताले वेवास्ता गर्दा हराउँदै जान थालेको छ । तस्वीर : रामचन्द्र रायमाझी/ एनजेडी

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update