
पाल्पा, चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा उक्त स्थानमा केन्द्र भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प भएको हो ।
त्यहाँ गएको भूकम्पको धक्का नेपालका विभिन्न जिल्लाहरुमा महसुस गरिएको छ । शनिबार बिहान मात्रै म्याग्दीमा ३ बजेर १४ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको र बिहान ६ बजेर २० मिनेटमा बागलुङमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको वेबसाइटमा उल्लेख छ । डिङ्गे काउन्टी केन्द्र भएर गत पुुष २३ गते पनि ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यति बेला ९५ जनाको मृत्युु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका थिए । त्यो बेला पनि भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको थियो । डिङ्गे काउन्टी क्षेत्रमा पटक पटक भूूकम्प गइरहेको छ ।