Shittalpati
काँग्रेसले सुरु गर्‍यो ‘मिसन रोजगारी’ अभियान

पाल्पा, नेपाली काँग्रेसले आइतबारदेखि ‘मिसन रोजगारी’ अभियान सुरु गरेको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियान सुरु गरेका हुन् ।

रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभरी नै छलफल बहस हुने उनीहरुले भनाइ छ । रोजगारी सिर्जना गर्ने उद्देश्यले यस्तो बहस गर्न लागिएको हो । एक वर्षसम्म सञ्चालन हुने यो अभियानको आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक सुरु गरिएको हो । बढ्दो बेरोजगारीका कारण देश छाड्ने युवा बढिरहेका बेला काँग्रेसले रोजगारीको बहस गर्न खोजेको छ । अभियानकै रूपमा एक वर्षसम्म चलाउन खोजिएको बहस दुई चरणमा सम्पन्न गरिने नेपाली कांग्रेसले जनाएको छ । मिसन रोजगारीको क्रममा रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै सेक्टरसँग बहस चलाउने कांग्रेसको योजना छ । यसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइ छ । महामन्त्री थापाका अनुसार राजनीतिक छलफल, संसद् वा अन्य स्थानमा रोजगारकेन्द्रित बहस हुन नसकेका बेला कांग्रेसले मिसन रोजगारी अभियान सुरु गरेको हो ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update