Shittalpati
महिलालाई सिप सिकाउँदै रैनादेवी छहरा गाउँपालिका

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले महिलाहरुलाई आयआर्जनसँग जोड्न सिप सिकाउँने भएको छ । गाउँपालिकाले ५० जना महिलाहरुलाई आयआर्जनमा जोड्ने गरी सिप सिकाउने भएको हो ।

गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले विपन्न र असहाय महिलाहरुलाई निःशुल्क सिलाइकटाईको सिप सिकाइ आयआर्जनमा जोड्ने बताए । उनले पालिका भित्रका महिलाहरुलाई सिलाइकटाइ तालिम दिन थालिएको उल्लेख गरे । अध्यक्ष भट्टराईले भने ‘पहिलो चरणमा ५० जना महिलाहरुलाई सिलाइकटाई सम्बन्धी तालिम दिन्छौं, पछि आवश्यकता अनुसार दिदै जाने छौं ।’ उनले महिलाहरुलाई उनीहरुको क्षमता, सिप अनुसारको काममा समेत सहभागी गराउने प्रतिवद्धता व्यक्त गरे । भट्टराईले पालिका भित्रका महिलाहरुले केही न केही सिप सिकेर आयआर्जन गर्न सके सिपले जीवनस्तरमा सुधार ल्याउने र सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले व्यवस्था परिवर्तन भए पनि अवस्था कस्तो छ भन्ने विषयमा महिलाहरु अनविज्ञ रहेको भन्दै उनीहरुलाई जानकारी गराउनु अहिलेको आवश्यकता रहेको समेत औल्याए । अध्यक्ष भट्टराईले महिला श्रमिकहरुका समस्याका विषयमा स्थानीय सरकार गम्भीर रहेको समेत बताए ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update