Shittalpati
प्रतिनिधि सभा बैठक : ‘जनताको आक्रोशलाई नजरअन्दाज गर्न मिल्दैन’

पाल्पा, प्रतिनिधि सभाको मंगलबार बसेको बैंठकमा बोल्ने अधिकांस सांसदहरुले जनताको आक्रोशलाई नजरअन्दज गर्न नमिल्ने बताएका छन् । उनीहरुले अहिले सडकमा देखिएको जनआक्रोशलाई सामन्य रुपमा लिन नहुने भन्दै जनताको असन्तुष्टि सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको असन्तुष्टिका कारण प्रतिगामी शक्तिहरू सडकमा उत्रिएको बताएका छन् । सरकारकै अहंकार र अविवेकको मूल्यका रूपमा जनताहरू आक्रोशित भएकाले त्यसलाई सामन्य रुपमा लिन नहुने बताए । राजावादीहरूको प्रदर्शनप्रति लक्षित गर्दै विदेशीहरूको उक्साहटमा उक्त प्रदर्शन भए पनि सरकारकै कारण जनता आक्रोशित भएको अध्यक्ष दाहालको भनाइ थियो । उनले आइतबारको प्रदर्शनलाई सामान्य रूपमा नलिएको उल्लेख गर्दै सत्ताको अनावश्यक प्रदर्शनतिर नलाग्न सरकारलाई चेतावनी दिए । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पनि जनताको आक्रोशलाई नजरअन्दज गर्न नमिल्ने बताएका छन् । उनले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुने उल्लेख गर्दै जनताको असन्तुष्टि सम्बोधन गर्नेतर्फ लाग्नुपर्ने बताए । महामन्त्री थापाले भने, ‘जनता असन्तुष्ट छन् । असन्तुष्ट भएका जनतामा आक्रोश छ । आक्रोशलाई नजरअन्दाज गर्नुहुँदैन भन्ने कुरा म पनि मान्दछु । केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार कसैले पनि राख्नुहुँदैन । असन्तुष्ट छ, जो उनीहरुसँग संवाद गर्नुपर्छ भन्ने ठान्दछु ।’ उनले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको समेत खण्डन गरे । नेता थापाले संविधान जारी भएपछि सबैभन्दा बढी समय नेकपा (माओवादी केन्द्र) नै सरकारमा रहेको उल्लेख गर्दै यसको मुख्य जिम्मेवार माओवादी भएको जिकिर गरे । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको उक्सावटमा पञ्चायतकालीन राष्ट्रिय गान बजाइएको भन्दै आपत्ति जनाएका हुन् । संविधानको पालना गर्नु प्रत्येक नागरिकले पालना गर्नुपर्ने लेखिएपनि पूर्वराजा र उनका समर्थकहरूले संविधान विपरीत कार्यहरू गरेकाले सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने बर्तौलाले माग गरे । उनले भने,‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन् । लोकतन्त्रको विकल्प निरंकुशतन्त्र हुन सक्दैन ।’

 नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफ्नो पार्टी गणतन्त्रका विरुद्धमा हुने जुनसुकै गतिविधिको विरोधमा उभिने बताएका छन् । ‘म र हाम्रो पार्टीको तर्फबाट यति भन्न चाहन्छु, हामी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा पूर्ण प्रतिवद्ध पार्टी हो,’ पाण्डेले भने, ‘यसका विरुद्ध हुने सम्पूर्ण गतिविधिका विरुद्ध हामी हुनेछौं । हामीले रगतसँग साटेर गणतन्त्र ल्याएको हो । कसैले बक्सिस दिएको होइन ।’

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update