Shittalpati
तानसेनमा वडास्तरीय ब्याडमिन्टनको उपाधि घिमिरे र भण्डारीलाई

पाल्पा, जिल्लाको तानसेन नगरपालिका–२ अमर नारायण फूलबारीमा सञ्चालन भएको वडास्तरीय रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिताको उपाधि वडा न. ७ का सुमित कुमार घिमिरे र  विशाल  भण्डारीको जोडीले हात पारेको छ ।  सो जोडीले शनिबार सम्पन्न फाइनल खेलमा  वडा नं २ का महेशमान बज्राचार्य र एबिन श्रेष्ठको जोडीलाई १७–२१ र १९–२१ को सेटले हराउँदै सो उपाधि जितेको हो ।

अमर नारायण फूलबारी कर्भड हलमा भएको प्रतियोगितामा महेशमान बज्राचार्य र एबिन श्रेष्ठको जोडी द्वितीय भएको छ । यस्तै वडा नं .३ का विनय खाती, खेम सारु र वडा  नं. १ का कृष्ण अग्रहरी, दलबहादुर सारुको जोडीले तृतीय स्थान हासिल गरेको छ । प्रतियोगिताका उपाधि विजेतालाई  नगद २० हजार, रनिङ शिल्ड, प्रमाणपत्र र मेडलसहित पुरस्कृत गरिएको छ । यस्तै दोस्रो हुनेलाई नगद १० हजार प्रमाणपत्र र मेडल, तेस्रो हुने टिमलाई ५/५ हजार, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।  प्रतियोगितामा नगर भित्रका १६ टोलीले सहभागिता जनाएको क्लवका अध्यक्ष प्रबिनराज शाक्यले जानकारी दिए ।

प्रतियोगिताका उपाधि विजेता, उपविजेता खेलाडीहरुलाई  नेपाली काँग्रेस पाल्पाका सभापति तथा क्लवका संस्थापक अध्यक्ष हिमालदत्त श्रेष्ठले नगद, प्रमाणपत्र, ट्रफी र मेडलसहित पुरस्कृत गरेका थिए । खेलाडीलाई पुरस्कृत गर्दै  प्रमुख अतिथि श्रेष्ठले क्लवले खेल क्षेत्रको विकासमा देखाएको सक्रियता प्रशंसनिय रहेको बताए । उनले  यस्ता प्रतियोगिताहरुले राष्ट्रिय ,अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । नारायण युवा क्लवको आयोजना, वडा कार्यालयको सहयोग, जिल्ला व्याडमिन्टन संघ पाल्पाको समन्वय र अमर नारायण फूलबारी कर्भड हल व्यवस्थापन समितिको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update