Shittalpati
मिसनमा डुम्रे दुग्ध सहकारीले खोल्यो दुध विक्री पसल

पाल्पा, जिल्लाको तानसेन नगरपालिका – १ भूसलडाँडास्थित मिसन अस्पताल नजिकै दुग्ध विक्री पसल सञ्चालनमा आएको छ । डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले एक औपचारिक कार्यक्रमकाबिच आफ्नो सेवा सञ्चालनमा ल्याएको हो ।

विक्री पसलको तानसेन नगरपालिका –१ का वडाध्यक्ष सुनिल कुमार बस्यालले उद्घाटन गरेका हुन् । विक्री पसलको उद्घाटन गर्दै अध्यक्ष बस्यालले पसल सञ्चालनले उपभोक्ता र कृषक दुवैलाई सहज हुने विश्वास व्यक्त गरे । उनले कृषकले उत्पादन गरेका दुग्धजन्य वस्तु सिधै उपभोक्ता माझ पु¥याउन सहकारीले  खेलेको भूमिका प्रशंसनिय रहेको बताए । जिल्ला सहकारी संघ पाल्पाका प्रतिनिधि राम जि प्रसाद घिमिरेले सहकारीले २०५१ सालदेखि जिल्लामा आफ्नो संस्था दर्ता गरि हालसम्म गुणस्तरिय  दुग्धजन्य वस्तु विक्री वितरण गर्दै आएको बताए । उनले सहकारीबाट उपभोक्ताले स्वच्छ, ताजा वस्तु पाउनुको साथै स्थानीयलाई रोजगारी समेत दिर्दै आएको उल्लेख गरे । सहकारीका व्यवस्थापक गोपाल जिसीले संस्थाले रिब्दीकोट, तिनाउ र तानसेन नगरपालिका क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाएर सेवा दिदै आएको बताए । उनले हाल दैनिक २५ सय देखि २७ सय लिटरसम्म दुध विक्री वितरण हुँदै आईरहेको जानकारी दिए । पसलमा दुध, दही, घ्यू, पनिर, कुराउनी, छुर्पीलगायतका दुग्ध जन्य पदार्थ बिक्री वितरण गरिने व्यवस्थापक जिसीले बताए । कार्यक्रममा विगत १० वर्षदेखि डुम्रे दुग्ध सहकारी संस्थाको दुग्ध जन्य पदार्थको विक्री वितरण गर्दे आएका र हाल उक्त पसल डुम्रे सहकारी संस्थालाई नै हस्तान्तरण गरेका दुधडेरी व्यवसायी कुलबहादुर खत्रीलाई  सहकारी सम्मान समेत गरेको थियो । संस्थाका अध्यक्ष दुर्गा बहादुर खाँड ठकुरीको अध्यक्षता, उपाध्यक्ष शंकर भण्डारीको स्वागत, व्यवस्थापक गोपाल जिसीको सञ्चालनमा  कार्यक्रम भएको  स्थानीय समाजसेवी जयराम सापकोटाले एनजेडीलाई जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update