Shittalpati
समाचार प्रभाव : स्वदेश फर्किए रामबहादुर

गुल्मी, गुल्मीको चन्द्रकोट गाउँपालिका –५ ग्वाघाका ५१ बर्षीय रामबहादुर थापा अन्ततः दुवईबाट स्वदेश फर्किएका छन् । घर परिवारलाई सुःखका साथ राख्ने सपना बोकेर विदेशीएका उनी दुई महिनादेखि विरामी भई अलपत्र परेका थिए । थापा र उनको परिवारले स्वदेश फर्किन गुहार गरेको पछि केही दिन अघि नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकममा दुबईबाट गुल्मीका रामबहादुरको गुहार : ‘बिन्ती छ सरकार, मलाई स्वदेश फर्काइदेऊ’ शिर्षकको समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएको केही समयपछि रामबहादुर स्वदेश फर्किएका छन् ।

उनी  विरामी भएर अस्पताल भर्ना भएका थिए । कम्पनीले उनको पासपोर्ट र सबै कागजात नदिएपछि स्वदेश फर्कन पाएका थिएनन् । थापाको बारेमा समाचार आएपछि विभिन्न व्यक्तिहरुको पहलमा स्वदेश फर्काउन  सफल भइएको हो ।

नेपाली काँग्रेसका नेता तथा गुुल्मी क्षेत्र नं . १ का संघीय सांसद  डा. चन्द्र भण्डारी, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री धनेन्द्र कार्की, पालिका अध्यक्ष युवराज केसी, पालिका उपाध्यक्ष विष्णु भण्डारी, वडाअध्यक्ष कल्याण कार्की लगायत एसओेएस म्यानपावरका प्रतिनिधिहरुको  पहलमा उनलाई स्वदेश फर्काइएको छ ।

फोक्सोमा समस्या देखिएपछि थापा अस्पतालमा भर्ना भएका थिए । उनले राम्रोसँग उपचार नपाएपछि स्वदेश फर्कन खोजेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update