
पाल्पा, आज विश्व मौसम विज्ञान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्ष २३ मार्चमा मनाउने मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ । विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको हो । जनसंख्या वृद्धिका कारण पृथ्वीको तापक्रम बढ्दो छ । र यसले वातावरण र मौसम नकरात्म प्रभाव पार्दै गएको छ ।
यस दिनले मानव समाजको सुरक्षा र कल्याणमा मौसम विज्ञान र जल विज्ञान सेवाहरूको योगदानलाई पनि प्रकाश पार्दछ । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्य यो दिवसको रहेको छ । शान्तिपूर्ण र दिगो समाजका लागि विज्ञानको भूमिकाबारे जनचेतना फैलाउँदै देशहरूबीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बनाउन दिवसले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
विश्व मौसम विज्ञान संगठनद्वारा संकलित तथ्याङ्क बिना, यो सही दैनिक मौसम पूर्वानुमान प्राप्त गर्न असम्भव हुनेछ । विश्व मौसम विज्ञान संगठनले मानिसहरूको सुरक्षा र कल्याणमा योगदान दिन महत्वपूर्ण भूमिका खेल्छ । यसरी वल्ड मेटेरोलोजीकल अर्गनीजेशनले आफ्नो डाटा मार्फत विश्वभरिका समुदायको सुरक्षा गरिरहेको हुन्छ । यसको काम खाद्य सुरक्षा, जलस्रोत र यातायात प्रदान गर्न महत्वपूर्ण छ । मौसम सम्बन्धी डाटाले हामीलाई मौसमको क्षति ट्र्याक गर्न, सम्पूर्ण दिनहरूको योजना बनाउन र प्राकृतिक प्रकोपहरूको बारेमा चेतावनी दिन मद्दत गर्दछ । यी नै डाटाको कारणले गर्दा मानिसहरूलाई बाहिर निकाल्न वा आवश्यक आँधीको तयारी गर्न पर्याप्त समय दिएर ठूलो आँधीको भविष्यवाणी गर्न पनि यसले मद्दत गर्दछ ।
मानव जाती अहिले प्रविधि विकासको उच्च विन्दुमा रहे पनि त्यसको समुचित प्रयोग गर्न नजान्दा वा हेल्चेक्रयाइँ गर्दा अस्तित्व संकटमा परेको छ । साथै प्रविधि विकासमा अब्बल सावित भएका राष्ट्रहरू पनि वातावरणीय र पर्यावरणीय संरक्षणमा उदासीन हुँदा मानव जातीसँगै पृथ्वीकै अस्तित्व संकटमा परेको कुरा पछिल्लो समय वातावरणमा देखिएको अप्रत्यासित परिवर्तनले पुष्टि गरेको छ ।