Shittalpati
काइदाको अतित

मन बहादुर खत्री
इस्मा–२ हस्तिचौर, गुल्मी

फाटेको टोपी टालेको जाँगे लगाको सम्झिएँ
पढेर स्कूल घरको काम सगाको सम्झिएँ

पैतला खाली सिरु र काँडा बिजेर दोषिन्थे
बादर हान्दा निस्तीले सुत्त बगाको सम्झिएँ

त्यो एक्लेखेत खोल्टेको बारी जङ्गल बीचमा
आरु र खन्यु बटुल्न थैली मगाको सम्झिएँ

जोतेर सक्थे जमिन सारा छिमेकी पर्ममा
असारे हिलो खोकमा गोरु भगाको सम्झिएँ

हिलोले खुट्टा खाएर ज्वरो फुट्दानी फुर्ती भै
लगाई पानी रातीमा धान जगाको सम्झिएँ

वित्यास लाग्दो बुढेश काल ज्यान भो शिथिल
घाँस र मकै चोरलाई काल्ना नगाको सम्झिएँ

आँखामा नाच्छ अतित मन फर्कन सक्दैन
भञ्ज्याङ्ग पारी दिनमै डाँकु भगाको सम्झिएँ

प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update