Shittalpati
पाँच वर्षभित्र लुुम्बिनीलाई अर्गानिक प्रदेश बनाउने योजनामा छौं : मुख्य सचिव अधिकारी

पाल्पा, लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशलाई पाँच वर्षभित्र अर्गानिक प्रदेश मनाउने योजना अगाडि बढाएको बताएका छन् । आइतबार डिभिजन वन कार्यालय पाल्पाले आयोजना गरेको सरोकारवालाहरुसँगको समन्वय गोष्ठीलाई तानसेनमा सम्बोधन गर्दै उनले प्रदेशलाई अर्गानिक बनाउने गरी प्रदेश सरकार अगाडि बढेको बताएका हुन् ।

हरेक वर्ष प्रांगारिक मलको कम्पोनेट बढाउँदै लैजाने र रासायनिक मलको कम्पोनेट घट्दै पाँच वर्षभित्र लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउन छलफल भइरहेको मुख्य सचिव अधिकारीले बताए । उनले भने ‘रासायनिक मलमा अनुदान दिएर हामीले विषादी किनाएका छौं, पैसा तिरेर उपभोक्ताले विषादी खाइरहेका छौं, यसको अत्यन्त गर्नकै लागि प्रदेश सरकार योजनावद्ध रुपमा अगाडि बढेको यहाँहरुलाई जानकारी गराउन्छु ।’

जंगलमा खेर गइरहेका पातपतिंगरहरुको सदुपयोग गर्ने गरी प्रांगारिक मलको उत्पादन गर्ने प्रमुख सचिव अधिकारीेले बताए । उनले भने ‘एकातिर मल उत्पादन हुने अर्कोतर्फ केही मानिसहरुले रोजगारी पाउने हुन्छ, हामीले रोजगार र मानविय स्वास्थ्यलाई समेत यो योजनामा समेट्ने छौं ।’ प्रमुख सचिव अधिकारीले अर्गानी पहाडबाट सुरु गरी तराईसम्म विस्तार गर्ने बताए । उनले प्रदेशमा उत्पादन हुने अर्गानिक कृषिवस्तु विदेशमसम्म बढाउन सकिने धारणा व्यक्त गरे । ‘प्रदेशलाई अर्गानिक बनायौं भने मानिसले स्वच्छ खाना पाउने र निरोगी हुने छन्, त्यति मात्र हैन वनमा झरेका पातपंतिगरहरुको सदुपयोग भई डढेलो समेत नियन्त्रण गर्न सकिने र रोजगार समेत सिर्जना हुन्छ’ सचिव अधिकारीले भने । वनबाट थुप्रै सम्भावना भएकाले त्यसको उपयोग गरी आमनागरिकलाई आयआर्जनसँग जोड्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सुख्खा मौसम सुरु भएकाले डढेलोका घटनाहरु बढ्न सक्ने भएकाले लाग्न नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । उनले डढेलो नियन्त्रणका लागि आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको समेत बताए । प्रजिअ सुवेदीले कुकाठका सट्टा मूल्यवान काठ जंगलमा लगाएर उपभोक्ताहरुलाई आयआर्जनसँग जोड्न वन कार्यालयलाई आग्रह गरे । डिभिजन वन कार्यालयका सिनियर डिभिजन अधिकृत नारायणदेव भट्टराईले वन, वन्यजन्तुको सरंक्षण र उपभोक्ताको आयआर्जन गर्ने÷गराउने दिशामा वन कार्यालयले प्रथामिकताका साथ काम गर्दै आएको बताए । उनले डढेलो लाग्नै नदिने गरी सचेतना र पूर्व सावधानीका कार्यक्रमहरुलाई तिव्रताका साथ अगाडि बढाएको उल्लेख गरे । सामुदायिक वन महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारीले सामुदायिक वनका उपभोक्ताहरु अत्यन्त मर्कामा परेको बताईन । उनले काठ जंगलमा खेर गइरहेको तर त्यसबाट आम्दानी गर्ने कुरामा सरकारले ध्यान नदिएको गुनासो गरिन् । तिनाउ सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले भौगोलिक बनावटका कारण तिनाउ क्षेत्रमा डढेलोले सताउने गरेको बताए । उनले व्यंग्य गर्दै भने ‘वन डढेको सबैले देख्छन् तर मन डढेको कसैले देख्दैन, तिनाउवासीहरुलाई तल्लो तटीय क्षेत्रबाट आएको डढेलोले निकै सताउने गरेको छ । हामीले अग्नी रेखा निर्माण गरे पनि चुरे क्षेत्रका कारण त्यो प्रभावकारी बन्न सकेको छैन् ।’ पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले डेढेलो सचेतनाका लागि पाल्पाका मिडियाहरुले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । खुला छलफलमा पत्रकारहरु भरत शर्मा, माधव अर्याल, स्थानीय उपभोक्ताहरु लीला अर्याल, मानबहादुर राना, प्रज्वललाल शाक्य, विनोद बस्याल लगायतले डेढेलो नियन्त्रणमा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने, वृक्षारोपण गरेर मात्र नहुने त्यसको संरक्षणमा पनि ध्यान दिनुपर्ने, काठ विक्रीमा सरकारी दररेट संमायोजन गर्नुपर्ने, वनलाई पर्यटनसँग जोडेर लैजानुपर्ने जस्ता कुराहरुमा जोड दिएका थिए । डिभिजन वन कार्यालयका सिनियर डिभिजन अधिकृत नारायणदेव भट्टराईको अध्यक्षता, कार्यालयका प्रशासन अधिकृत सुशिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update