-1742818994.jpg)
पाल्पा,थिङ्क बिफोर यु फलो, वीस मनी टुमरो’ मुल नाराका साथ ‘ग्लोबल मनि वीक २०२५’ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम पाल्पा तानसेनस्थित तानसेन बहुमुखी क्याम्पस काजिपौवामा सम्पन्न भएको छ । स्नातक तहमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरु सहभागी भएको यस कार्यक्रम नबिल स्टक डिलरका प्रमुख सञ्चालन अधिकृत मदन तिमिल्सिनाले प्रशिक्षण दिए । नेपालमा वित्तीय पहुच तथा सेवा सुविधा विस्तार भएतापनि वित्तीय साक्षरताको अवस्था कमजोर रहेको वर्तमान अवस्थामा वित्तीय बैंक तथा वित्तीय संस्थाहरुबाट ग्राहकले पाउन सक्ने सेवा सुविधाहरु, पूजीबजारमा सहभागी पक्षहरु, लगानी विविधिकरणका लागि उपलब्ध उपकरणहरुका बारेमा जानकारी दिए.
। कार्यक्रममा क्याम्पस प्रमुख पुष्करराज रेग्मीले वित्तीय साक्षरतासम्बन्धि यस कार्यक्रमले विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि हुनुका साथै बैंक खाता, डिम्याट खाता र टिएमएस खातामार्फत् प्राथमिक बजार र दोस्रो बजारमा लगानी गरी सानो लगानीमा पनि फाइदा लिन सकिने बताए । २०७८ साल साउन ४ गते स्थापना भएको यस डिलरले काठमाण्डांैको दरबारमार्गमा रहेको कार्यालयमार्फत् सेक्युरिटी ब्रोकरेज सेवा, मार्जिन लेण्डिङ, पोर्टफोलियो व्यवस्थापन तथा अण्डरराइटिङ सेवा, निक्षेप सदस्यलगायतका सेवा दिंदै आएको छ ।