Shittalpati
पाल्पा दरबार संग्रहालयलाई तोपका गोला हस्तान्तरण

पाल्पा, पाल्पा दरबार संग्रहालयलाई तोपका गोला हस्तान्तरण गरिएको छ । नेपाली सेनाले तयार  पारेका र विभिन्न समयमा फेला परेका ९० गोटा तोपका गोलाहरु संग्रहालयलाई हस्तान्तरण गरिएको हो ।

पृतनापति उपरथी प्रेमबहादुर पुनले “महिन्द्रकाली तोप” संग्रालयका प्रमुख श्याम कुमार पौडेललाई हस्तान्तरण गरेका हुन् । तानसेन नगरपालिका –४, गोलाखानीस्थित सैनिक हिताधिकारीहरुको सुविधाको निम्ति नेपाली सेना सैनिक कल्याणकारी निर्देशनालयमार्फत गेष्ट हाउस निर्माणको जग खन्ने क्रममा फेला परेका विभिन्न साईजका तोपका गोला र श्री दि फेमस महिन्द्र दलगणको जनशक्तिले ईम्प्रोभाईज गरी तयार पारेका उक्त तोपको “महिन्द्रकाली तोप” (रिप्लिका) हस्तान्तरणपछि संग्रहालयमा राखिएको छ । गोला हस्तान्तरण कार्यक्रममा मध्यपश्चिम पृतनाका पृतनापति, प्रमुख जिल्ला अधिकारी, श्री नं. २२ वाहिनी अड्डाका, बाहिनीपति, गणपति, सुरक्षा निकायका प्रमुख, पत्रकारहरुको उपस्थिती रहेको थियो । ऐतिहासिक तोपहरु संग्रहालयमा  राखेपछि आन्तरिक तथा बाÞय  पर्यटकहरुको आकर्षण बढ्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update